News Portal

नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन

हिमाली संचार संवाददाता
५९३ पटक

काठमाडौँ २३, २०७६ मंसिर : नेपाल तामाङ्ग युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन भएका छन्। सोमबार काठमाडौँको बालाजुस्थित वाइसधारामा भएको नेपाल तामाङ युवा घेदुङ काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सम्मेलनमा लामा अध्यक्षमा चयन भएका हुन्।

नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा बिनोद लामा चुनिए भने उपाध्यक्षमा दिल बहादुर लामा र गोमा तामाङ चुनिए।

त्यसैगरी सचिबमा शंकर तामाङ रहे भने सहसचिबमा सुदिप लामा र कोषाध्यक्षमा दिवाकर्ण लामा रहे। त्यसैगरी सदस्यमा रश्मि तामाङ, अनिता लामा, विशेष लामा, हिमाल लामा, विजय मोक्तान लगायत सदस्यमा रहे।

कार्यक्रममा सभापतित्वको भूमिका विनोद लामाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा अमिर लामा थिए। त्यसैगरी विशेष अतिथिमा राजु लामा थिए भने अतिथिमा विलाम मुक्तान, रसिला लामा,मिरु तामाङ थिए। कार्यक्रममा समाजसेवी वासुदेव लामा लगायत् मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...