News Portal

  • उच्च अदालत वार एशोसिएशन पोखरामा काँग्रेस निकट कानुन व्यवसायीहरु सबै पदमा विजयी

    हिमाली संचार संवाददाता
    ५८९ पटक

    कास्की – उच्च अदालत वार एशोसिएशन पोखरामा काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएका सबै उमेद्वार विजयी भएका छन्।

    शनिवार सम्पन्न भएको निर्वाचनबाट लोकतन्त्रबादी कानुन व्यवसायी समुह डीएलएका अध्यक्षको उम्मेदवार रोहित बास्तोलाको प्यानल नै विजयी भएको हो।

    अध्यक्षमा बास्तोलाले २ सय ४१ मत पाए । पेसागत प्रगतिशील संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार जनकल्याण पराजुलीले १ सय ३५ मत ल्याए ।

    निर्वाचन संयोजक मुकुन्दराज अर्यालका अनुसार बिहान ८ बजे सुरु भएको मतदान ४ बजे सकिएको थियो । परिणाम साँझ ८ बजे ४ सय १८ मतदाता रहेकोमा ३ सय ८९ मत खसेको थियो ।

    विजयी हुनेमा उपाध्यक्षमा उत्तम केसी २२६, सचिवमा विनोद रेग्मी २५१, सहसचिवमा मीनाकुमारी रानाभाट २२६, कोषाध्यक्षमा माधवी पाण्डे २४५ छन् । सदस्यमा दुर्गा कोइराला २४५, लेखनाथ सापकोटा २२९, हरिबहादुर भुजेल २२७, सन्तोषमणि लामिछाने २१९, दीपेन्द्र अर्याल २२४, ईश्वर चिलुवाल २४०, गीताकुमारी लामिछाने २४२ र हेमराज बराल २४१ विजयी भए ।

    पेसागत प्रगतिशील संयुक्त प्यानलबाट उपाध्यक्षमा भुवन पराजुली काफ्ले, सचिवमा धनबहादुर रानाभाट, सहसचिवमा निर्मला सुवेदी र कोषाध्यक्षमा कल्पना भण्डारीले उम्मेदवारी दिएका थिए । उक्त प्यानलबाट सदस्यमा डिपी अधिकारी, डिल्लीराम अधिकारी, दीपक शर्मा पौडेल, गेज शर्मा, जीवनाथ शर्मा, तीलकप्रसाद कोइराला, सुष्मा पौडेल र मात्रिका लामिछानेले उम्मेदवारी दिएका थिए ।

    अध्यक्षमा विजयी रोहितराज बास्तोलाले अब आफूहरु स्वतन्त्र न्यायपालिकामाथि सरकारको हस्तक्षेप रोक्न  सशक्त रुपमा जुट्ने प्रतिबद्धता जनाए । उनले भने,‘यसका विरुद्ध मेरो नेतृत्वको टिमले प्रदेशबाट कडा आवाज उठाउँछ ।’

    भदौ १ बाट लागु भएको नयाँ संहिता न्यायालय र कानुन व्यवसायिका लागि ठूलो चुनौतीको विषय बनेको उनले बताए । नवप्रवेशी कानुन व्यवसायीलाई समेत व्यवहारिक तालिम दिनुको साथै बार र बेञ्चको सम्बन्ध अझ सुमधुर बनाउने प्रतिबद्धता उनले जनाए।

    प्रदेश नम्वर ४ को पेशागत संस्थामा काँग्रेस निकट कानुन व्यवसायीहरुको यो जीतलाई काँग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ। हाम्राकुराबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...