News Portal

१३ औ साग गेममा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकलाई ट्रयाक सुट बितरण

हिमाली संचार संवाददाता
१०५३ पटक

कर्ण बहादुर अधिकारी/नुवाकोट : नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा नेपालमा संचालन हुँदै गरेको १३ औं साग गेममा सहभागी बक्सिङ खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला र प्रोत्साहन स्वरुप नेरू १ लाखको ट्रयाक सुट बितरण गरेको छ।यो कार्यक्रमका संयोजकद्वय पुर्ब बक्सिङ खेलाडी तेजबहादुर चन्द,पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पुर्ब बक्सर श्री पदम सिंह पन्तले नेपाल बक्सिङ संघका चिफ कोच प्रकाश थापा मगर तथा कोच डम्बर दत्त भट्टको विशेष आग्रहमा रकम संकल एक बिशेष कार्यक्रमका साथ प्रमुख अतिथि राष्ट्रिय खेलकुद परीषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, बक्सिङ संघका अध्यक्ष राम आवाले, संघका उपाध्यक्ष,प्रशिक्षक र पुर्ब खेलाडीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरीएको थियो।

मकाउमा कार्यरत रहेका पूर्व बक्सिङ खेलाडीहरू तेज बहादुर चन्द नेरू १० हजार,पदम सिंह पन्त नेरू १० हजार,शेर बहादुर राना नेरू ७ हजार १ सय ८०,चण्डी योङ्या ७ हजार १ सय ८०,मान बहादुर भण्डारी नेरू ५ हजार,राजन डंगोल नेरू ५ हजार,प्रभु दाश थापा मगर नेरू ५ हजार,मान बहादुर श्रेष्ठ नेरू ४ हजार २ सय ९०,निम रेउले नेरू ४ हजार २ सय ९०,सुवास थापा मगर नेरू ४ हजार २ सय ९०, लक्ष्मी इजाम नेरू ४ हजार २ सय ९०,प्रेम महर्जन ४ हजार २ सय ८०,बिकाश नेपाली नेरू ३ हजार,घनश्याम ओली नेरू ३ हजार,बिष्णु श्रेष्ठ नेरू ३ हजार साथै EX बक्सिङ टिम मकाउको कोषबाट नेरू २० हजार ३ सय गरी जम्मा नेरू १ लाख १ सय १० रूपैया जम्मा गरीएको थियो।

यसका कार्यमा गहन भूमिका निर्बाह गर्ने पूर्व बक्सिङ खेलाडी पन्तले आउँदा दिनहरूमा पनि खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नैतिक तथा भौतिक रूपमा प्रवासमा रहेर पनि सहयोग र सदभाब रहने छ भन्नु हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...