News Portal

  • १३ औ साग गेममा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकलाई ट्रयाक सुट बितरण

    हिमाली संचार संवाददाता
    ९७० पटक

    कर्ण बहादुर अधिकारी/नुवाकोट : नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा नेपालमा संचालन हुँदै गरेको १३ औं साग गेममा सहभागी बक्सिङ खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला र प्रोत्साहन स्वरुप नेरू १ लाखको ट्रयाक सुट बितरण गरेको छ।यो कार्यक्रमका संयोजकद्वय पुर्ब बक्सिङ खेलाडी तेजबहादुर चन्द,पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पुर्ब बक्सर श्री पदम सिंह पन्तले नेपाल बक्सिङ संघका चिफ कोच प्रकाश थापा मगर तथा कोच डम्बर दत्त भट्टको विशेष आग्रहमा रकम संकल एक बिशेष कार्यक्रमका साथ प्रमुख अतिथि राष्ट्रिय खेलकुद परीषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, बक्सिङ संघका अध्यक्ष राम आवाले, संघका उपाध्यक्ष,प्रशिक्षक र पुर्ब खेलाडीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरीएको थियो।

    मकाउमा कार्यरत रहेका पूर्व बक्सिङ खेलाडीहरू तेज बहादुर चन्द नेरू १० हजार,पदम सिंह पन्त नेरू १० हजार,शेर बहादुर राना नेरू ७ हजार १ सय ८०,चण्डी योङ्या ७ हजार १ सय ८०,मान बहादुर भण्डारी नेरू ५ हजार,राजन डंगोल नेरू ५ हजार,प्रभु दाश थापा मगर नेरू ५ हजार,मान बहादुर श्रेष्ठ नेरू ४ हजार २ सय ९०,निम रेउले नेरू ४ हजार २ सय ९०,सुवास थापा मगर नेरू ४ हजार २ सय ९०, लक्ष्मी इजाम नेरू ४ हजार २ सय ९०,प्रेम महर्जन ४ हजार २ सय ८०,बिकाश नेपाली नेरू ३ हजार,घनश्याम ओली नेरू ३ हजार,बिष्णु श्रेष्ठ नेरू ३ हजार साथै EX बक्सिङ टिम मकाउको कोषबाट नेरू २० हजार ३ सय गरी जम्मा नेरू १ लाख १ सय १० रूपैया जम्मा गरीएको थियो।

    यसका कार्यमा गहन भूमिका निर्बाह गर्ने पूर्व बक्सिङ खेलाडी पन्तले आउँदा दिनहरूमा पनि खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नैतिक तथा भौतिक रूपमा प्रवासमा रहेर पनि सहयोग र सदभाब रहने छ भन्नु हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...