News Portal

बागलुङमा खिम विक्रम शाहीको विजय भोजमा कसरी भयो दलितमाथि यस्तो विभेद ?

हिमाली संचार संवाददाता
९०५ पटक

बागलुङ १६, २०७६ मंसिर : शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको नतिजा आइसकेको हो।

चुनाव जितेपछि जनतासामु पुगेर भोजभतेर, विजय र्‍याली र सभा गर्ने विजय उम्मेदवारहरुको होडबाजी सुरु भइसकेको छ तर ढोरपाटन नगरपालिका वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा भने विजय र्‍याली र सभा गरिसकेपछि भोज खाने बेलामा दलितमाथि जातीय विभेद भएको छ।

कसरी भयो दलितमाथि विभेद !

सोमबार ढोरपाटन नगरपालिका वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा बाम गठबन्धनका विजय उम्मेदवारको विजय र्‍याली र सभा थियो। वडा ६ का अध्यक्ष जीवनकुमार पुन वडामा थिएनन्। पुन नेपाली कांग्रेसबाट वडा अध्यक्षमा जितेका हुन्। बाम गठबन्धका स्थानीय नेताहरु र कार्यकर्ताकाे साझेदारीमा विजय उत्सव मनाउने गरी स्थानीयहरुलाई आव्हान गरेका थिए।

सोही आव्हानलाई स्थानीय क्लबहरुले सहयोग गर्ने गरी १ बजेबाट वडामै र्‍याली निस्किएको थियो। वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा जनजाती र दलित समुदायको बस्ती छ। बाजागाजा सहित र्‍याली सुरु भयो। र्‍यालीमा विजय उम्मेदवार खिम विक्रम शाही र बाम गठबन्धनका नेताहरु उपस्थिति थिएनन्।

र्‍याली र सभाको नेतृत्व स्थानीय बाम कार्यकताहरुले र जनजाती समुदायले गरेका थिए। र्‍याली र सभा साढे चार  बजे सकियो। डल्लामा राखिएको भोज भतेर कार्यक्रममा जब सुरु भयो ,तब दलित समुदायमाथि धम्की दिदै उनीहरुले विभेदमा उत्रिए। खासीको मासु र चिउरासहित थालमा जनजातीहरुले खान सुरु गरे।

यता दलितहरुलाई मासु हात र टपरीमा दिनथाले पछि दलित समुदायले प्रतिकार गरेका थिए। दलित समुदायको माग सामूहिक भोज खानुपर्ने थियो । र जनजातीहरुलाई थालमा खुवाउँदा आफुहरुलाई अलग्गै राखेर खुवाएको प्रति भोज बाहिस्कार गरेका हुन्।

सम्पूर्ण छन्त्यालले दलित समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा बसेर खाना खुवाए बुढापाकाहरुले भोज बहिष्कार गर्न भन्दै एउटै थाल समेत चलाउन नसकेको बताए । ‘हामीले एउटै ठाउँमा बसेर खुवाउन सकिनन्, उनीहरुलाई अलग्गै राखेर खुवाएका हुँ,’उनले भने,‘ सबैलाई समान हुँदैन।’

प्रहरीमा जाहेरी दिने !

स्थानीय दलित अधिकारकर्मी रणबहादुर विश्वकर्माले भोज खुवाउने बेलामा दलित युवाहरुलाई परिचालन गरौ भन्दा समेत सम्पूर्ण छन्त्यालको नेतृत्वबाट इन्कार गरी खसीको मासु हातमा दिएपछि आफुहरुले बहिष्कार गरेको बताए।

हामीले पटक पटक भन्यौं, तर हामीलाई सार्वजनिक रुपमै विभेद गरेपछि हामीले विवाद गरेका हौं। दलित अधिकारकर्मी विश्वकर्माका अनुसार यस अघि बाटो निर्माण सम्पन्न भएपछि गरिएको कार्यक्रममा पनि जनजातीहरुले आफुहरुलाई विभेद गरेको र आगामी दिनहरुमा विभेद नगर्ने प्रतिवद्धता जनाएका थिए।

सभा र र्‍यालीको समयमा सँगै नाचगान गरेका व्यक्ति विमल छन्त्याल, निम्मबहादुर छन्त्याल र उमेश भण्डारीले ज्यान मार्ने गरी धम्की दिएको रणबहादुर विश्वकर्माले बताए।

हामीले किन यस्तो विभेद भन्दा, दलित भएर धेरै बोल्छस् भन्दै धम्की दिए। विश्वकर्माको अनुसार मंगलबार जातीय विभेद सम्बन्धी प्रहरीमा जाहेरी दर्ता गर्ने बताइएको छ।

विजय उम्मेदवार विना नै हुन्छ भोजभतेर
मंसिर १४ गते भएको उपनिर्वाचनमा, बागलुङ क्षेत्र नं. २, प्रदेश (ख) बाट राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त गठबन्धनका तर्फबाट साझा बाम उम्मेदवारका खिम विक्रम शाही विजय भएका छन्।

सोमबार बागलुङ निर्वाचन कार्यालयबाट प्रमाण पत्र बुझेपछि उम्मेदार सहित बागलुङमा विजय जुलुस निकालिएको थियो। बाम गठबन्धनको मंगलबार ढोरपाटनमा विजय विशाल जनसभा छ।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...