जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

टोकियो : जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ। यद्यपि, यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन।
तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन। –सिन्ह्वा

















