News Portal

एउटै सरकारी कार्यालयको परिसरमा एउटै नम्बर प्लेटका तीन गाडी

हिमाली संचार संवाददाता
७२३ पटक

बारा : एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला।

बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो। यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले।

उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन्। यो समाचार आजको नयाँपत्रिकादैनिकमा छ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो। त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन्।

कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...