नेपाल-भारत सिमानाका दुई सहायक पिलर बर्षौदेखि गायब !

रबिन्द्र बराल
मोरङ ९, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ४ चाेप्राहास्थित नेपाल-भारत सिमानाकाे दस जग्गा भित्रमा रहेका दुई सहायक पिलर हराएको बर्षौ बितिसक्दा समेत स्थानीय प्रशासन माैन रहेको छ।
केेेही बर्ष अगाडि खक्राहा खाेलामा आएको बाढिका कारण खाेलाकाे पुर्व पट्टिमा रहेको १६५/३ (wp – ४७) नम्बर पिलर खाेलाले कटान गरेपछि उक्त पिलर खाेलाले बगाएको थियोे। समयमै खाेला नियन्त्रण नगर्दा गत बर्ष आएकाेे बाढिले साेहि खाेलाकाे किनारमा रहेको १६५ /३ (wp – ४८) नम्बरको पिलर समेत खाेलाले बगाएकाे छ।
अहिले उक्त स्थानमा खाेला बगिरहेको हुनाले उक्त सहायक पिलर ५ सय मिटरकाे दुरिमा रहेकाे पिलर नहुदा भारतले नेपालकाे जग्गा अतिक्रमण नगर्ला भन्न सकिदैन।
सशस्त्र प्रहरी बेश क्याप रंगेलीका प्रहरी प्रमुख जितेन्द्र बस्नेतका अनुसार आफूहरुले उक्त पिलर खाेजबिन समेत गरेता पनि अहिलेसम्म फेला नपरेको वताए।
साेहि खाेलाकाे पश्चिम पट्टीमा करिव २५ मिटर टाठामा रहेको १६५/५ (wp-४९) नम्बरको साहयक स्तम्भ समेत खाेलाले कटान गरेेेर लैजाने समेत देखिन्छ।
पिलर हराएको धेरै भई सक्याे तर अहिले सम्म कुनै पक्षले खाेजविन नगरेको स्थानीय जगदीश साहले बताए। उनले भने यस्तो भयो भने यहाँ पनि भारतले नेपालकाे जग्गा अाफ्नाे बनाउन सक्ने देखिन्छ। यस बिषयमा सरकारले समयमै ध्यान दिनु आवश्यक रहेको छ।

















