News Portal

टाईम्स अस्पतालद्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर, २५० बिरामीको स्वास्थ चेकजाँच

हिमाली संचार संवाददाता
५६९ पटक

रबिन्द्र बराल
मोरङ ७, २०७६ मंसिर : माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। सुनवर्सिनगरपालीका ५ स्थित टकुवामा रहेको हेल्पाेस्टकाे कार्यलयमा उक्त स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे।

साे शिविरमा टकुवा, रमनपुर, कासिजान, बटरवारी लगायतका स्थानीय महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए।

टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने बढि मात्रामा महिलाहरुले बर्षाेदेखि लजाएर रोगको कारण लुकाएर राखेका पाठेघर समस्या बढि मात्रामा देखा परेको समेत बताए।

साेहि क्रममा अस्पतालले स्थानीयहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो। जसका कारण अहिलेसम्म सुगरकाे चेक जाँच नगरिएका मध्यमा ३०% लाई सुगर समेत फेलापरेकाे छ।

साे शिविरमा २ सय ५० जना बिरामीहरुले स्वास्थ चेकजाँच गराउनका साथै अधिकान्स महिलाहरुले पाठेघरकाे परिक्षण समेत गराएका थिए।

उक्त शिविरमा सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दास, बडा अध्यक्ष, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहाल, टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल, अनमि गुन्जा साह, पिंकि राजवंशी, अबिनाष मंन्डल, स्वास्थ्यकर्मि, स्वयंसेविकाहरु लगायतकाे उपस्थिति समेत रहेको थियोे।

उक्त सिशिरमा महिला पुनस्थापना केन्द्र, टाईम्स अस्पताल रंगेली, शान्ति महिला, ईलाका प्रहरीक कार्यलयल रंगेली, आेरेक नेपाल र नगरपालिकाकाे सहकार्यमा शिविरकाे आयाेजनामा गरिएको थियोे।

आेरेक नेपालका लेखा अधिकृत मन्जु कटुवालका अनुसार अहिले पनि गाउँ घरमा रहेका अधिकान्स महिलाहरुले लाजका कारण अाफ्नाे राेग पालिरहने गरेकाे र उनले महिलाहरुकाे समस्याका बारेमा जानकारी लिन खाेज्दा ११ बर्ष देखिकाे पाठेघरकाे राेग लुकाएर राखेको समेत उनले बताईन। उपचारपछि बिरामीहरुलाई निशुलक अाैषधि समेत बितरण गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...