News Portal

कोहलपुरमा सत्तारूढ नेकपाका कार्यकर्ताद्वारा पूर्वमन्त्री विष्ट र मेयर थापामाथि आक्रमणको प्रयास

हिमाली संचार संवाददाता
७३५ पटक

बाँके ४, २०७६ मंसिर : बाँकेको कोहलपुर नगरपालिका–६ स्थित आफन्तको घरमा बास बसेका पूर्वमन्त्री तप्तबहादुर विष्टसहितका नेताहरुमाथि सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन्।

काठमाडौंबाट सुर्खेत आउँदै गरेका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा बुधबार राति कोहलपुर नगरपालिका–६ स्थित मोहन गाहाको घरमा बास बस्न गएका थिए।

दिउँसोको हवाई जहाज डिले भएर बेलुकी साढे पाँच बजे बाँकेको राँझा विमानस्थल पुगेका पूर्व सञ्चार राज्यमन्त्री विष्ट, पञ्चपुरी नगरपालिकाका मेयर थापासहितको टोली गाहाको घरमा बास बस्न गएको थियो।

‘घरभित्र पस्ने वित्तिकै सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमणको प्रयास गरे,’ मेयर थापाले भने, ‘आफन्तको घरमा बास बस्न पनि नपाइने भयो। कोहलपुर–६ मा वडा अध्यक्षका लागि निर्वाचन हुँदैछ। गाहा सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का स्थायी बासिन्दा हुन्।

रात परेकाले आफन्तको घरमा बास बस्न आएका थियौं, चुनाव प्रचार गर्ने हाम्रो कुनै उद्देश्य थिएन्,’ मेयर थापाले भने, ‘घरभित्र पस्ने वित्तिकै सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमणको प्रयास गरे।

घटनाले उग्ररुप लिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीको कमाण्डमा गएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिकाको सवारी साधन नियन्त्रणमा लिएको छ।

दिउँसो उड्नु पर्ने जहाज राति उडेकाले पञ्चपुरीमा पुग्ने अवस्था रहेन्,’ मेयर थापाले भने, ‘त्यसैले आफन्तकोमा बास बस्न आएका थियौं, सत्तारूढ नेकपाका कार्यकर्ताले आफन्तकै घरमा आएर आक्रमण प्रयास गरे। उनले सत्तारूढ नेकपाका कार्यकर्ता र प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिएको बताए।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...