News Portal

उपनिर्वाचनकाे लागि डोटीमा २०० सुरक्षाकर्मी खटिए

हिमाली संचार संवाददाता
५३१ पटक

 

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरीचौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल २०० जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । अहिले उक्त वडामा चुनावी तापमान निकै बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँमा छिरेका छन् । वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलोमा जोड दिएका छन् ।

उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयलाई रिझाउन थालेको बाझककानीका स्थानीय दीपकबहादुर खड्काले बताए । उनले भने, ‘उम्मेदवार विकास गर्ने भन्दै भोट माग्न गाउँ गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।’

वडाध्यक्ष पदका लागि स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारले जनताको विकास गर्न कुनै हातलमा पछि नपर्ने दाबी गर्दै आएका छन् । भोट माग्नका लागि उम्मेदवार अहिले किसानका खेतबारी तथा घरघरमा पुग्न थालेको अर्का स्थानीय गोविन्द खड्काले बताए ।

निर्वाचनमा मुख्यतया नेकपाका उम्मेदवार बोहरा र काँग्रेस उम्मेदवार साउदबीच प्रतिस्पर्धा देखिन्छ । मतदातालाई आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत भोट माग्न लागि परेका छन् । नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको वातावरण निकै बढेको स्थानीयवासी बताउँछन् ।

यतिमात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीय टेकबहादुर खड्काले बताए । उनले भने, ‘भोट माग्न नेता खेतबारीमै पुग्न थालेका छन्, नेताहरुसँग कुरा गर्दैमा दिन बित्न थालेको छ ।’ अन्य दलका नेताहरुभन्दा पनि नेकपा र काँग्रेस नेताहरु बढीजसो भोट माग्न गाउँ पसेको स्थानीयवासीको भनाइ छ । उक्त वडामा कूल दुई हजार ५०० मतादाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...