News Portal

उपनिर्वाचनकाे लागि डोटीमा २०० सुरक्षाकर्मी खटिए

हिमाली संचार संवाददाता
४९० पटक

 

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरीचौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल २०० जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । अहिले उक्त वडामा चुनावी तापमान निकै बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँमा छिरेका छन् । वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलोमा जोड दिएका छन् ।

उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयलाई रिझाउन थालेको बाझककानीका स्थानीय दीपकबहादुर खड्काले बताए । उनले भने, ‘उम्मेदवार विकास गर्ने भन्दै भोट माग्न गाउँ गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।’

वडाध्यक्ष पदका लागि स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारले जनताको विकास गर्न कुनै हातलमा पछि नपर्ने दाबी गर्दै आएका छन् । भोट माग्नका लागि उम्मेदवार अहिले किसानका खेतबारी तथा घरघरमा पुग्न थालेको अर्का स्थानीय गोविन्द खड्काले बताए ।

निर्वाचनमा मुख्यतया नेकपाका उम्मेदवार बोहरा र काँग्रेस उम्मेदवार साउदबीच प्रतिस्पर्धा देखिन्छ । मतदातालाई आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत भोट माग्न लागि परेका छन् । नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको वातावरण निकै बढेको स्थानीयवासी बताउँछन् ।

यतिमात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीय टेकबहादुर खड्काले बताए । उनले भने, ‘भोट माग्न नेता खेतबारीमै पुग्न थालेका छन्, नेताहरुसँग कुरा गर्दैमा दिन बित्न थालेको छ ।’ अन्य दलका नेताहरुभन्दा पनि नेकपा र काँग्रेस नेताहरु बढीजसो भोट माग्न गाउँ पसेको स्थानीयवासीको भनाइ छ । उक्त वडामा कूल दुई हजार ५०० मतादाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...