News Portal

मेयरविरुद्ध ४ वडाध्यक्षले गरे संयुक्त रुपमा पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
८६८ पटक

रबिन्द्र बराल
मोरङ ४, २०७६ मंसिर : रंगेली नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरुद्वारा मेयरले मनपरि गरेको आरोप लगाएका छन्। चार वडाध्यक्ष सहित १२ कार्यपालिका सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर उक्त कुराकाे जानकारी गराएका छन।

उनिहरुले भने मेयर दिलिप वगडीयाले ४ महिना देखि कार्यपालिका बैठक नराखी मनोमानी ढंगले नगरपालिका चलाएको आरोप समेत लगाएका छन। मेेेेयर नसच्चीए मंसिर ८ गते देखि अनिश्चीत कालका लागी मेयर र प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका छन।

वडा नम्बर २ का वडाध्यक्ष जित नारायण खवासले रंगेली सामुदायीक भवन निर्माणको कोटेशन लगायतको विषयमा शंका गर्दै विकास निर्माणको काममा आफनो उद्योगको सामान प्रयोग गरेको आरोप लगाएका हुन।

साेहि क्रममा रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिम पल्ट कार्यपालिका बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमती भएको थियो तर मेयर आफुखुशीले घरहरु भत्काएकाे अाराेप समेत लगाएका छन।

अर्का कार्यपालिका सदस्य शंकर प्रसाद साहले व्यति गत रिसिइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाए। मेयरले कार्यपालिकाबाट निर्णय नगरी नगरप्रहरी र अस्पतालमा कर्मचारी भर्ना गरी दम्भ देखाएको बताए।

रंगेली वडा नंं.३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रंगेली बजार विस्तारका क्रममा मुआव्जा मागका लागी सिफारीश गर्ने भन्ने योजना राखीएता पनि बैठक नहुदा सिफारीश गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारेे।

त्यस्तै रंगेली ४ का वडाध्यक्ष भुपेन्द्र मण्डलले आफु निर्वाचित रहेको वडामा डोजर चलाइदा समेत आफुलाई मेयरले सुचित नगरी भत्काइएको र ठेक्का सम्झौता लगायतका सुचनाहरु मेयरले जानकारी नदिएको आरोप लगाए।

रंगेली वडा नं.९ का वडाध्यक्ष केदारचन्द राजवंशीले मेयरले रंगेली हाटलाई ढेड वर्ष देखी अस्तव्यस्त बनाएको र दोहमना हाटको बजेट बिनै घर भत्काएर योजना अधुरै राखेको, २ वर्ष अधिको सडकवत्तीको योजना हाल आएर थालिनु भनेको मयेरले आफनो दम्भ देखाएको आरोप लगाए।

कार्यपालिका सदस्य सुशिला मुर्मुले मेयरले कार्यपालिका सदस्यहरुसंग पारदर्शि नभएकाले यो अवस्था सृजना भएको बताउदै मेयरले आफुलाई आवश्यक परेको खण्डमा बैठक बोलाउने नपरेको खण्डमा ४ महिना सम्म नबोलाउने कार्य विधि विपरित रहेकोले बाध्य भएर मेयरविरुद्द पत्रकार सम्मेलन गर्नुपरेको बताइन।

सो क्रममा कार्यपालिका सदस्य महेश साहले रंगेली नगरपालिकालाई आवश्यक जग्गा खरिद विषयमा जग्गाधनीसंग ५ लाखमा कुरा गरी १० लाख रुपैया कार्यपालिकाबाट निर्णय गराउन खोज्दा अन्तीम बैठक भाड्एिको बताउदै मेयरका कारण राज्यले दिने वा नदिने मुआव्जाको सिफारिसको नहुदा स्थानिय माथी अन्याय भएको बताए।

पत्रकार सम्मेलनमा २ नं. वडाध्यक्ष खवासले मेयरले हामीहरुले उठाउदै आएको विषय नजरअन्दाज गरेर मेयर अगाडी बढे मंसिर ८ गतेबाट तालाबन्दीमा उत्रिने चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस्

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...