News Portal

मेयरविरुद्ध ४ वडाध्यक्षले गरे संयुक्त रुपमा पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
९०८ पटक

रबिन्द्र बराल
मोरङ ४, २०७६ मंसिर : रंगेली नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरुद्वारा मेयरले मनपरि गरेको आरोप लगाएका छन्। चार वडाध्यक्ष सहित १२ कार्यपालिका सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर उक्त कुराकाे जानकारी गराएका छन।

उनिहरुले भने मेयर दिलिप वगडीयाले ४ महिना देखि कार्यपालिका बैठक नराखी मनोमानी ढंगले नगरपालिका चलाएको आरोप समेत लगाएका छन। मेेेेयर नसच्चीए मंसिर ८ गते देखि अनिश्चीत कालका लागी मेयर र प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका छन।

वडा नम्बर २ का वडाध्यक्ष जित नारायण खवासले रंगेली सामुदायीक भवन निर्माणको कोटेशन लगायतको विषयमा शंका गर्दै विकास निर्माणको काममा आफनो उद्योगको सामान प्रयोग गरेको आरोप लगाएका हुन।

साेहि क्रममा रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिम पल्ट कार्यपालिका बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमती भएको थियो तर मेयर आफुखुशीले घरहरु भत्काएकाे अाराेप समेत लगाएका छन।

अर्का कार्यपालिका सदस्य शंकर प्रसाद साहले व्यति गत रिसिइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाए। मेयरले कार्यपालिकाबाट निर्णय नगरी नगरप्रहरी र अस्पतालमा कर्मचारी भर्ना गरी दम्भ देखाएको बताए।

रंगेली वडा नंं.३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रंगेली बजार विस्तारका क्रममा मुआव्जा मागका लागी सिफारीश गर्ने भन्ने योजना राखीएता पनि बैठक नहुदा सिफारीश गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारेे।

त्यस्तै रंगेली ४ का वडाध्यक्ष भुपेन्द्र मण्डलले आफु निर्वाचित रहेको वडामा डोजर चलाइदा समेत आफुलाई मेयरले सुचित नगरी भत्काइएको र ठेक्का सम्झौता लगायतका सुचनाहरु मेयरले जानकारी नदिएको आरोप लगाए।

रंगेली वडा नं.९ का वडाध्यक्ष केदारचन्द राजवंशीले मेयरले रंगेली हाटलाई ढेड वर्ष देखी अस्तव्यस्त बनाएको र दोहमना हाटको बजेट बिनै घर भत्काएर योजना अधुरै राखेको, २ वर्ष अधिको सडकवत्तीको योजना हाल आएर थालिनु भनेको मयेरले आफनो दम्भ देखाएको आरोप लगाए।

कार्यपालिका सदस्य सुशिला मुर्मुले मेयरले कार्यपालिका सदस्यहरुसंग पारदर्शि नभएकाले यो अवस्था सृजना भएको बताउदै मेयरले आफुलाई आवश्यक परेको खण्डमा बैठक बोलाउने नपरेको खण्डमा ४ महिना सम्म नबोलाउने कार्य विधि विपरित रहेकोले बाध्य भएर मेयरविरुद्द पत्रकार सम्मेलन गर्नुपरेको बताइन।

सो क्रममा कार्यपालिका सदस्य महेश साहले रंगेली नगरपालिकालाई आवश्यक जग्गा खरिद विषयमा जग्गाधनीसंग ५ लाखमा कुरा गरी १० लाख रुपैया कार्यपालिकाबाट निर्णय गराउन खोज्दा अन्तीम बैठक भाड्एिको बताउदै मेयरका कारण राज्यले दिने वा नदिने मुआव्जाको सिफारिसको नहुदा स्थानिय माथी अन्याय भएको बताए।

पत्रकार सम्मेलनमा २ नं. वडाध्यक्ष खवासले मेयरले हामीहरुले उठाउदै आएको विषय नजरअन्दाज गरेर मेयर अगाडी बढे मंसिर ८ गतेबाट तालाबन्दीमा उत्रिने चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...