News Portal

हेर्नुहोस तपाईंको आजको राशीफल !

ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

हिमाली संचार संवाददाता
५०० पटक

वि.सं.२०७६ साल मंसिर ३ गते मंगलबार | सन् २०१९ नोभेम्बर १९ तारीख | नेपाल संवत ११४०


मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बलजफ्तीले परिस्थिति बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पछि दु:ख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। आफ्नैबाट धोका हुन सक्छ।

बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह

बलजफ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।

सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई समस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छाड्नेछन्। प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...