News Portal

दुई वर्षे छोरासहित एक महिलालाई भारतमा बेचेको आरोपमा जाजरकोटका एक युवा पक्राउ

हिमाली संचार संवाददाता
४८१ पटक

इन्द्र बुढाथोकी
सल्यान ३०, २०७६ कार्तिक : दुई वर्षको छोरासहित एक महिलालाई बेचविखन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ पाटकेछहरा निवासी २ वर्षको छोरासहितकी २२ वर्षिया एक महिलालाई भारतमा बेचविखन गरेको आरोपमा जाजरकोटको भेरी नरगपालिका–९ भुर बानियाका १८ वर्षिय कोब्रो भनिने दिनेश खड्कालाइ प्रहरीले गत हप्ताको शुक्रबार पक्राउ गरेको हो।

खड्कालाई घरबाटै पक्राउ गरिएको जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यस्तै घटनाका अर्का आरोपित जाजरकोटकै ३० वर्षीया एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

आरोपितको खोजि भैरहेको उनले बताए। २०७६ असार २५ गतेदेखि पिडित घरबाटै बेपत्ता भएकी थिइन। नाबालक सहित एक महिलालाई ललाइफकाइ विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा बेचेको आरोपमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रीमान वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहेका कारण उनि नेपाल फर्केपछि प्रहरीमा मुद्धा दायर गरेका थिए। प्रहरीले पिडित महिलाको खोजीका लागी अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...