News Portal

बाँकेका ४ बालकको उद्धार

हिमाली संचार संवाददाता
४२९ पटक

बाँके २७, २०७६ कार्तिक : एक सातादेखि घरबाट हराएका ४ जना बालकको इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार उद्धार गरेको छ।

गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी बुधबार घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो।

चारैजना बालक हराएपछि उनका परिवारले निवेदन दिने बित्तिकै प्रहरीले खोजी अभियान थालेको थियो। खोजीकै क्रममा उनीहरुलाई भारततर्फ जाँदै गर्दा नेपालगन्ञ्ज—१३ चौलिकामा फेला पारिएको शाहीले बताउनुभयो।

केही दिनअघि पनि नेपालगञ्ज–२० बाट हराएका चारजना बालकलाई बर्दियाको जमुनीमा फेला पारी कोहलपुर प्रहरीले उनका आफन्तहरुलाई बुझाएको थियो। – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...