News Portal

राष्ट्रपति विद्यादेवी भण्डारीकै लाइनमा पोखराकी विद्या पनि !

हिमाली संचार संवाददाता
७३९ पटक

पोखरा : उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई बिहीबार एकाएक सामाजिक सञ्जालमा छाएकी छिन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार, पोखराको राष्ट्र बैंक नजिकै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि बिहीबार अपरान्ह पुगेकी भट्टराईको एउटा फोटोले नै उनलाई चर्चाको शिखरमा पुर्‍याएको हो।

पूर्वसांसद रविन्द्र अधिकारीकी पत्नी विद्याले मनोनयन दर्ता गर्न जाने क्रममा खैरो कोटमाथि सयपत्री फूलको मालाले सजिएर वरपर रहेका सर्वसाधारणलाई नमस्कार गर्दै हिँडेकी छिन्।

जहाँ उनको पछिपछि एकजना युवक भट्टराईको व्याग लिएर मोबाइलमा कुरा गर्दै हिँडेका छन्। अर्कोपट्टी अर्का सहयोगीले कागजात लिएका छन्।

सामान्य रुपमा हेर्दा फोटो आफैँमा चर्चाको विषय बन्ने कुरा होइन। उक्त फोटोमा उम्मेदवार भट्टराईले आफ्नो व्याग समेत आफैँले नबोकेर अर्को युवकलाई बोकाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

पछिल्लो समय नेपालका उच्चपदस्थ पदाधिकारीहरूले कहिले जुत्ता, कहिले झोला त कहिले छाता सुरक्षाकर्मी र सहयोगीलाई बोकाएर हिँडेकोमा आक्रोसित हुँदै सामाजिक सञ्जालमार्फत आलोचना गर्ने जमातका लागि विद्या भट्टराईको बिहीबारको यो तस्वीरले थप सशंकित बनाएको छ।

यो फोटो देखेपछि कुनैबेला नेपाली लोकसंगीतमा हेमन्त कान्छा र विमाकुमारी दुराले गाएको अत्यन्त लोकप्रिय एउटा गीत थियो “काँचो सुन्तला, नटिप्दै सानु यो चाला टिपे कुन चाला”

सांसदको उम्मेदवार बन्न जाँदै गर्दा त अरुले नै झोला बोकिदिनु पर्ने विद्या भट्टराईले सांसद भएपछि के के देख्नु पर्ला ? कौतहलताको विषय बनेको छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र छोरीको जुत्ताहरू नेपाली सेनाका जवानहरूलाई बोकाएर आलोचित बनेकी थिइन्।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...