News Portal

  • राष्ट्रपति विद्यादेवी भण्डारीकै लाइनमा पोखराकी विद्या पनि !

    हिमाली संचार संवाददाता
    ६५१ पटक

    पोखरा : उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई बिहीबार एकाएक सामाजिक सञ्जालमा छाएकी छिन्।

    निर्वाचन आयोगको कार्यतालिका अनुसार, पोखराको राष्ट्र बैंक नजिकै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि बिहीबार अपरान्ह पुगेकी भट्टराईको एउटा फोटोले नै उनलाई चर्चाको शिखरमा पुर्‍याएको हो।

    पूर्वसांसद रविन्द्र अधिकारीकी पत्नी विद्याले मनोनयन दर्ता गर्न जाने क्रममा खैरो कोटमाथि सयपत्री फूलको मालाले सजिएर वरपर रहेका सर्वसाधारणलाई नमस्कार गर्दै हिँडेकी छिन्।

    जहाँ उनको पछिपछि एकजना युवक भट्टराईको व्याग लिएर मोबाइलमा कुरा गर्दै हिँडेका छन्। अर्कोपट्टी अर्का सहयोगीले कागजात लिएका छन्।

    सामान्य रुपमा हेर्दा फोटो आफैँमा चर्चाको विषय बन्ने कुरा होइन। उक्त फोटोमा उम्मेदवार भट्टराईले आफ्नो व्याग समेत आफैँले नबोकेर अर्को युवकलाई बोकाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

    पछिल्लो समय नेपालका उच्चपदस्थ पदाधिकारीहरूले कहिले जुत्ता, कहिले झोला त कहिले छाता सुरक्षाकर्मी र सहयोगीलाई बोकाएर हिँडेकोमा आक्रोसित हुँदै सामाजिक सञ्जालमार्फत आलोचना गर्ने जमातका लागि विद्या भट्टराईको बिहीबारको यो तस्वीरले थप सशंकित बनाएको छ।

    यो फोटो देखेपछि कुनैबेला नेपाली लोकसंगीतमा हेमन्त कान्छा र विमाकुमारी दुराले गाएको अत्यन्त लोकप्रिय एउटा गीत थियो “काँचो सुन्तला, नटिप्दै सानु यो चाला टिपे कुन चाला”

    सांसदको उम्मेदवार बन्न जाँदै गर्दा त अरुले नै झोला बोकिदिनु पर्ने विद्या भट्टराईले सांसद भएपछि के के देख्नु पर्ला ? कौतहलताको विषय बनेको छ।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र छोरीको जुत्ताहरू नेपाली सेनाका जवानहरूलाई बोकाएर आलोचित बनेकी थिइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...