News Portal

सल्लिबजारमा उर्जामन्त्री पुनलाइ भव्य स्वागत, ३ वर्ष भित्रमा सल्यानलाई पुर्ण विद्युतिकरण गर्ने उद्घोष

हिमाली संचार संवाददाता
९९२ पटक

इन्द्र बुढाथोकी
सल्यान २१, २०७६ कार्तिक : पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन।

बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मन्जु यरि, वडाध्यक्ष लगायत जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेकपा नगरपार्टी लगायत स्थानीयले भव्य स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले अबको ३ वर्षमा नेपाल पुर्ण रुपमा विद्युतिकरण हुने र त्यसमा सल्यान पनि पर्ने बताए।

भेरी करिडोरमा विकासको अवस्था बुझ्न र भेटघाटको लागि आफुहरु आएको र अब भेरी करिडोर अन्तर्गतका फाटहरुमा लिफ्ट, सतह, एकीकृत सिचाइको योजना बनाएको र भेरी किनारका फाटहरुमा सिचाइको व्यवस्था गर्ने बताएका छन।

सल्यानको विद्युतिकरणको लागि गत वर्ष १८ करोड बिनियोजन गरेको र अब नेपाल भरी पुर्ण रुपमा विद्युतिकरण गर्नेको लागि एसियान इन्भेस्टमेन्ट डेभलपमेन्ट बैक (AIIB) १२ अरब रिण साहेताको लागि पहल गरिरहेको बताएका छन। साथै यस क्षेत्रबाट डोल्पा हुँदै चीन सम्म सडक पुर्‍याउन सरकार लागिरहेको समेत बताएका छन।

पहाडका बस्तिहरुमा पनि विकासको सम्भावना बढदै गएकाले अब बसाइँसराइ गरेर तराई झर्ने समस्या अन्त्य हुने बताएका छन। समृद्ध नेपाल सुझी नेपाली बनाउने योजना अगाडि बढाएको समेत बताए। आफुलाइ स्वागत गरेकोमा मन्त्री पुनले धन्यवाद समेत व्यक्त गरेका छन।

स्वागत कार्यक्रम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री राजनीति सल्लाहकार भिमप्रकाश शर्मा, नेपाल सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, नेता रमेश मल्ल लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगर पार्टी अध्यक्ष किर्ती बहादुर रानाले गरेका थिए।

Barshaman Pun

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...