News Portal

  • महराले गल्ती गरेकै हुन् उचित कारवाही हुनुपर्छ : प्रचन्ड

    हिमाली संचार संवाददाता
    ६४८ पटक

    दुर्गालाल केसी
    दाङ २०, २०७६ कार्तिक : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन्। प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचन्डले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे।

    लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका प्रचन्डले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन्। ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो। महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो। पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो। आफैंले पनि स्विकार्नुभयो।

    जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उनले बताए। पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो। चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन। झन् गल्ती भयो।

    महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए। यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा प्रचन्डले व्यक्त गरे। यो गम्भिर नैतिक गल्ती हो। यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ उनले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन।

    स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ। महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...