News Portal

नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

'नेकपाले बाचा पुरा गरेन, दुख: मात्र दियो'

हिमाली संचार संवाददाता
१८४७ पटक

फाइल तस्विर

प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् ।

हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेमा पूर्व गाविस अध्यक्ष जय बहादुुर भण्डारी सहित २७ जना रहेको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क बहादुर मल्लले जानकारी दिए।

मल्लले दिएको जानकारी नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेमा पठाने ल्वार, बुद्धीमान सार्की, हस्तजीत ल्वार, रंगमल बढथापा गरी २७ जना छन् ।

२०५४ सालको गाविसमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भण्डारीले नेकपाले गर्ने गविविधी नै मन नपरेको र पाटी एकतामा कार्यकर्तासंग कुनै समन्वय नगरी मनपरी रुपमा संगठन चलाएकोमा असन्तुष्टी पछि काँग्रेसमा प्रवेश गरेको बताए ।

उनले स्थानीय तह, प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गरेका बाचा समेत पुरा गर्नुको साटो उल्टै जनतालाई दुःख दिने खालका काम गर्दै आएकोे  बताए ।

नेपाली काँग्रेसमा प्रवेश गर्ने पुर्व गाविस अध्यक्ष भण्डारी सहित २७ जनालाई नेपाली काँग्रेस जिल्ला कार्य समिति उप सभापति गोविन्द्र बहादुर मल्लले साधारण सदस्यता दिई प्रवेश गराएको युनियन जिल्ला अध्यक्ष मल्लले बताएका छन् ।

हिमाली गाउँपालिकाको पाटी कार्यालय उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष सहितकोे टिम प्रवेश गरेको हो।

पाटी प्रवेश गराउदै पाटी उप सभापति गोविन्द्र बहादुर मल्लले नेपाली काँग्रेसको विचारलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाली काँग्रेसलाई सक्षम र सवल नेतृत्व बनाउन लाग्न नवप्रवेशीहरुलाई आग्रह गरे। हाम्राकुराडटकमबाट

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...