News Portal

  • क्यान्सर पीडित थापालाई सागर र संजयले गरे आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    १०१४ पटक

    कर्ण अधिकारी/काठमाण्डौ : केहि महिना देखि आन्द्रामा क्यानसर भई भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहनु भएका आबु खैरेनी गाउँपालिका सत्र सय फाँट तनहुँका सुमन थापाको उपचारको क्रममा ७ लाख भन्दा बढी रकम सकि सकेको र अझै उपचार चलि रहेको साथै थापाको पारीवारीक अबस्था नाजुक भएको हुँदा थापाको परीवारले स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई सुमनको जीवन बचाई दिन आग्रह गरे।

    संगै स्थायी घर आबु खैरेनी गाँउ पालिका वडा नं १ सत्र सय फाँट घर भई बिगत लामो समय देखि मकाउमा व्यापार ब्यबशाय गर्दै आएका समाजसेवी ब्यक्तित्व सागर अधिकारीले नेरू २८९९० रूपैयाँ सहयोग गरेका छन्।त्यसै गरी मकाउमै कार्यरत रहेका सागर अधिकारीको भाई संजय अधिकारीले पनि नेरू ५ हजार सहयोग गरेका छन्।उक्त रकम सागर अधिकारीका भाई प्रदिप अधिकारीले क्यान्सर पीडित थापाका आमालाई हस्तान्तरण गरेका हुन्।

    बिगत देखिनै सामाजिक सेवामा समर्पित अधिकारीले यस्ता सहयोग धेरै गरी सकेका छन्। केहि समय पहिला ब्लड क्यान्सर पीडित आबु खैरेनी ६ तनहुँ मिलनचोककी याम कुमारी गुरूङलाई ३५ हजार नेपाली रूपैया सहयोग गरेका छन। मध्यम बर्गीय परीवारमा जन्मिएकी गुरूङ्को जीवन बचाउ अभियानमा उक्त रकम उहाँकै सुपुत्री सलिना अधिकारीको हातबाट मिति २०७५ साल जेठ ९ गतेका दिन क्यान्सर पीडित गुरूङलाई हस्तान्तरण गरीएको थियो सामाजिक कार्यहरू गर्ने क्रममा मकाउमा ह्रदयघातका कारण मृत्यु भएका रवि प्रकाश महत्तोको परीवारलाई सहयोग स्वरूप अधिकारी आफैले मकाउ लभ लिजर फिट्नेश क्लव र एम हेयर स्टुडियोको तर्फबाट ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।

    त्यसै गरी सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत रहेका मृगौला पीडित राजु बस्नेतलाई पनि ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।

    सहयोगकै क्रममा मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई मकाउ लभ लिजर फिट्नेश क्लब र क्लवका सदस्यहरूको तर्फबाट ६४ हजार ५ सय नेपाली रूपैया आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरेका थिए। सागर अधिकारी मकाउमा फिटनेश क्लव,हेयर स्टुडियो साथै नेवारी खानाका परीकार पाईने नेपाली रेष्टुरेन्ट संचालन गर्दै आई रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...