News Portal

खोटाङमा बस दुर्घटना, १४ जना घाइते

हिमाली संचार संवाददाता
६१५ पटक

डम्बरसि राई
खोटाङ १३, २०७६ कार्तिक : दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए। उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन्।

चालक जेवी तामाङ फारार रहेको डिएस्पी गौतमले सुनाए। बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ। घाइतेहरुको नाम खुल्न सकेको छैन। केही समयपछि खुल्ने डिएसपी गौतमले सुनाए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...