News Portal

सामाजिक सद्भावका लागि इस्लाम धर्मावलम्बी अब्दुल वाहिदले लगाए भाईटिका

हिमाली संचार संवाददाता
४७७ पटक

बाँके १२, २०७६ कार्तिक : नेपालगन्जमा बसोबास गर्ने इस्लाम धर्मावलम्वीका केही अगुवाले पनि तिहारको भाईटीका लगाएका छन्। अघिल्ला वर्षझैँ नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि भाईटिका लगाएका छन्।

उनी दुई दशकदेखि तिहारमा मितेनी दिदीबहिनीसँग भाईटिका लगाउँदै आएका छन्। धार्मिक तथा सामाजिक सद्भावका लागि तिहारमा भाईटीका लगाउने गरेको उनले बताए।

इस्लाम धर्म अनुसार टिका लगाउन नपाइने भए पनि सामाजिक सद्भावका लागि टिका लगाउने गरेको बताए। एकले अर्को धर्मको सम्मान गर्दा सामाजिक सद्भाव कायम भई समाज बलियो बनाउन सहयोग गर्छ,’ उनले भने।

मुस्लिम संघ बाँकेका अध्यक्ष समेत रहेका मन्सुरीले प्रत्येक वर्ष साथीको घरमा गएर बुवाआमाको हातबाट दशैँको टीका लगाएर आशिर्वाद लिने साना भाईबहिनीलाई टिका लगाएर दक्षिणा दिने गरेको बताए।

उनले भने, हरेक बर्ष तिहारमा भाईटिका लगाउँछु। दशैँमा टीका लगाएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना पनि सामाजिक सद्भावका लागि तिहारमा हिन्दूहरुसँग रमाइलो गरे।

उनले हिन्दू समुदाय इस्लाम धर्मावलम्वीको ईदमा रमाए झैँ आफू दशैँ र तिहारमा हिन्दूहरुको घरमा गएर रमाउने गरेको बताए। हरेक बर्ष म दशैँ र तिहार खुला ह्रदयले मनाउँछु।

बाँके युनेस्को क्वलका संस्थापक प्रवेज अलि सिद्धिकीले पनि दशैँमा टिका लगाउँछन्। हिन्दू ससुराली भएकोले उनी हरेक बर्ष ससुरालीमा गएर टिका लगाउने गरेको बताए।

आफ्नो धर्मको सम्मान गर्दै अर्को धर्ममा रमाउनु नै मानव जातिको सच्चा धर्म हो,’ उनले भने।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...