News Portal

साैठामा संस्कृतिक कार्यक्रम, समाजसेवी बस्नेतद्वारा शवबाहन खरिदका लागि आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६७२ पटक

रबिन्द्र बराल
मोरङ १०, २०७६ कार्तिक : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित साैठा बजारमा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। तीन बर्ष देखि निरन्तर रुपमा गर्दे आईरहेकाे सहयात्री युवा समाज सौंठाले यस बर्ष पनि संस्कृतिक कार्यक्रमलाई निरन्तर दिदै आईरहेकाे छ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार बाबू बोगटी, अस्मिता अधिकारी र हास्य कलाकार सुमन कार्कीकाे उपस्थिति रहेको थियाेे। कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राई, बिशिष्ट अतिथि उपप्रमुख दमयन्ता चुडाल र अतिथिहरुमा युवा समाजसेवी बलबहादुर बस्नेत, स्थानीय बिनोद थापा, खेम अधिकारी, दिनेश कुमार बिष्ट, दिपक पनेरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख लगायतकाे उपस्थिति समेत रहेको थियोे।

उक्त कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत ले आफ्नो एकाउन्नौ वर्ष पूरा भएको अवसरमा सहयात्री युवा समाजलाई ५१ थान कुर्सी तथा शवबाहन खरिदका लागि २५ हजार ३ सय ११ रुपैया र कार्यक्रम गर्नेका लागि ११ हजार १ सय ११ रुपैयाँको चेक समितिलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा उपस्थिति दर्शकहरुलाई कलाकारहरुले विभिन्न गीतहरु गाएर मनोरञ्जन गराउनुका साथै हास्य कलाकार सुमन कार्कीले विभिन्न नेता तथा कलाकारहरुकाे क्यारिकेचर गरेर मनोरञ्जन समेत गराएका थिए।

साथै अतिथिहरुले दिपावली तथा छट पर्वकाे शुभकामना दिएका थिए। सो कार्यक्रम युवा समाजका सभापति चोगेन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...