News Portal

साैठामा संस्कृतिक कार्यक्रम, समाजसेवी बस्नेतद्वारा शवबाहन खरिदका लागि आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७१९ पटक

रबिन्द्र बराल
मोरङ १०, २०७६ कार्तिक : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित साैठा बजारमा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। तीन बर्ष देखि निरन्तर रुपमा गर्दे आईरहेकाे सहयात्री युवा समाज सौंठाले यस बर्ष पनि संस्कृतिक कार्यक्रमलाई निरन्तर दिदै आईरहेकाे छ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार बाबू बोगटी, अस्मिता अधिकारी र हास्य कलाकार सुमन कार्कीकाे उपस्थिति रहेको थियाेे। कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राई, बिशिष्ट अतिथि उपप्रमुख दमयन्ता चुडाल र अतिथिहरुमा युवा समाजसेवी बलबहादुर बस्नेत, स्थानीय बिनोद थापा, खेम अधिकारी, दिनेश कुमार बिष्ट, दिपक पनेरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख लगायतकाे उपस्थिति समेत रहेको थियोे।

उक्त कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत ले आफ्नो एकाउन्नौ वर्ष पूरा भएको अवसरमा सहयात्री युवा समाजलाई ५१ थान कुर्सी तथा शवबाहन खरिदका लागि २५ हजार ३ सय ११ रुपैया र कार्यक्रम गर्नेका लागि ११ हजार १ सय ११ रुपैयाँको चेक समितिलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा उपस्थिति दर्शकहरुलाई कलाकारहरुले विभिन्न गीतहरु गाएर मनोरञ्जन गराउनुका साथै हास्य कलाकार सुमन कार्कीले विभिन्न नेता तथा कलाकारहरुकाे क्यारिकेचर गरेर मनोरञ्जन समेत गराएका थिए।

साथै अतिथिहरुले दिपावली तथा छट पर्वकाे शुभकामना दिएका थिए। सो कार्यक्रम युवा समाजका सभापति चोगेन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...