News Portal

दर्वेशाका पहाडचन्दको रहस्यमय हत्याका आरोपीत पक्राउ

हिमाली संचार संवाददाता
४३९ पटक

रबिन्द्र बराल
कार्तिक ६, २०७६ रंगेली : स्थानिय तहको चुनावी माहोल बिच करिव २ वर्ष अघि एक वृद्धको रहस्यमय हत्या गरी फरार रहेका एक युवकलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले रंगेली नगरपालिका वार्ड नं.९ बस्ने ६४ वर्षिय पहाडचन्द राजवंशीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा स्थानिय १९ वर्षिय भरतलाल राजवंशीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार लामो सुक्ष्म अनुसन्धान पश्चात अभियुक्तको पहिचान हुदा सो बखत गाऊ छाडेर भारतको बुम्बईमा रहदै आएका भरतलाललाई मंगलबार राती घर आएको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको बताए।

गाऊघरमा धामी झाक्रीको काम गर्दै आएका पहाडचन्द राजवंशीको गत २०७४ साल असार ११ गते करिव साझ ७ बजेको समयमा आफनो घर बनकोल तर्फ जाने क्रममा अनुहार सहित शरिरका चार स्थानमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला पारेका थिए।

प्रहरीले पक्राउ परेका आरोपित भरतलाललाई कर्तव्य ज्यान मुद्दामा बुधवार म्याद थप गरी कार्वार्ही अगाडी बढाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...