News Portal

दर्वेशाका पहाडचन्दको रहस्यमय हत्याका आरोपीत पक्राउ

हिमाली संचार संवाददाता
४५६ पटक

रबिन्द्र बराल
कार्तिक ६, २०७६ रंगेली : स्थानिय तहको चुनावी माहोल बिच करिव २ वर्ष अघि एक वृद्धको रहस्यमय हत्या गरी फरार रहेका एक युवकलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले रंगेली नगरपालिका वार्ड नं.९ बस्ने ६४ वर्षिय पहाडचन्द राजवंशीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा स्थानिय १९ वर्षिय भरतलाल राजवंशीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार लामो सुक्ष्म अनुसन्धान पश्चात अभियुक्तको पहिचान हुदा सो बखत गाऊ छाडेर भारतको बुम्बईमा रहदै आएका भरतलाललाई मंगलबार राती घर आएको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको बताए।

गाऊघरमा धामी झाक्रीको काम गर्दै आएका पहाडचन्द राजवंशीको गत २०७४ साल असार ११ गते करिव साझ ७ बजेको समयमा आफनो घर बनकोल तर्फ जाने क्रममा अनुहार सहित शरिरका चार स्थानमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला पारेका थिए।

प्रहरीले पक्राउ परेका आरोपित भरतलाललाई कर्तव्य ज्यान मुद्दामा बुधवार म्याद थप गरी कार्वार्ही अगाडी बढाएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...