News Portal

  • नेपाली सेनाद्वारा वृक्षारोपण

    हिमाली संचार संवाददाता
    ४५० पटक

    रबिन्द्र बराल/कार्तिक ४, २०७६ मोरङ : माेरङकाे धनपालथान गाउँपालिकाकाे थलाहामा रहेको श्री सूर्यदल गण थलाहा ब्यारेकद्धारा बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन थालेको छ। “सम्पूर्ण जनतालाई नेपाली सेनाको साथ, फलफुल रोपी हरियालीको लागि बढाउ हात” भन्ने नाराका साथ स्थानीय बृक्षाराेपण सुरु गरेको छ।

    नेपाली सेनाले रंगेली नगरपालिकाकाे वडा नम्वर २ मा रहेको खवासटोल, कटहरी गाउपालिकाकाेे वडा नम्वर २ स्थित जनप्रिय माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका वडा नम्वर ३ स्थित सरास्वती प्राथमिक विद्यालय, जहदा गाउपालिकाकाे वडा नम्बर ५ स्थित दुर्गा माध्यमिक विद्यालय र वडा नम्बर ४ को सार्वजनिक माध्यमिक विद्यालयले वृक्षारोपण गरेको हाे।

    नेपाली सेनाले विभिन्न जातिका ८ सय ५० वटा फलफुल तथा आयमुलकका बिरुवाहरु बृक्षारोपण गरेको छ।

    उक्त वृक्षरोपण कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, धनापालथान गाउँपालिका अध्यक्ष हरिलाल सिह, गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, वडाध्यक्ष, स्थानीय, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, समाजसेवी लगायतकाे उपस्थितिमा वृक्षारोपण गरिएको सह-सेनानी राजु थापाले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...