News Portal

नेपाली सेनाद्वारा वृक्षारोपण

हिमाली संचार संवाददाता
५१२ पटक

रबिन्द्र बराल/कार्तिक ४, २०७६ मोरङ : माेरङकाे धनपालथान गाउँपालिकाकाे थलाहामा रहेको श्री सूर्यदल गण थलाहा ब्यारेकद्धारा बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन थालेको छ। “सम्पूर्ण जनतालाई नेपाली सेनाको साथ, फलफुल रोपी हरियालीको लागि बढाउ हात” भन्ने नाराका साथ स्थानीय बृक्षाराेपण सुरु गरेको छ।

नेपाली सेनाले रंगेली नगरपालिकाकाे वडा नम्वर २ मा रहेको खवासटोल, कटहरी गाउपालिकाकाेे वडा नम्वर २ स्थित जनप्रिय माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका वडा नम्वर ३ स्थित सरास्वती प्राथमिक विद्यालय, जहदा गाउपालिकाकाे वडा नम्बर ५ स्थित दुर्गा माध्यमिक विद्यालय र वडा नम्बर ४ को सार्वजनिक माध्यमिक विद्यालयले वृक्षारोपण गरेको हाे।

नेपाली सेनाले विभिन्न जातिका ८ सय ५० वटा फलफुल तथा आयमुलकका बिरुवाहरु बृक्षारोपण गरेको छ।

उक्त वृक्षरोपण कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, धनापालथान गाउँपालिका अध्यक्ष हरिलाल सिह, गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, वडाध्यक्ष, स्थानीय, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, समाजसेवी लगायतकाे उपस्थितिमा वृक्षारोपण गरिएको सह-सेनानी राजु थापाले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...