News Portal

हिमचुली कृषि सहकारीको साधारणसभा सम्पन्न

हिमाली संचार संवाददाता
६३३ पटक

खगेन्द्र बुढा-कालिकाेट – जिल्लाकाे नरहरिनाथ गाउँपालिका स्थित हिमचुली कृषि सहकारी संस्थाकाे ११ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ।

हिमचुली कृषि सहकारी संस्था कालिकाेटकाे अायाेजना र साे संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ, कालिकाेट अध्यक्ष काली बहादुर महताराकाे अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टकाे प्रमुख अातिथ्यता, विभिन्न राजनीतिक दलका नेता, पत्रकार र संस्थाका सेयर सदस्यहरुकाे सहभागितामा बार्षिक साधारण सभा सम्पन्न भएकाे हाे।

हिमचुली कृषि सहकारी संस्था शाखा कार्यालय कुमालगाँउका प्रवन्धक मनिका बाेहाेराले प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएकाे थियाे।

कार्यक्रमका प्रमुख अतिथि बिष्टले कुनै पनि समाज तथा सरकार चल्नलाई सहकारीकाे मुख्य भुमिका रहने हुँदा सहकारीलाई तिनवटै सरकारले अार्थिक भाैतिक तथा नैतिक रुपमा सहयाेग गर्न सकेमा मात्र जनताकाे
जीवनशैलीमा परिवर्तन हुने कुरामा अाफु विश्वस्त भएकाे बताउनुभयाे ।

बढी बचतकर्ता, सेयरधनीहरुकाे जमघट भएकाे याे संस्थामा झण्डै १० हजार सदस्यहरु अाबद्द रहेका छन्।

जिल्लाका नाै वटै स्थानीय तहहरुमा शाखा स्थापनाकाे ११ अाै साधारण सभा सम्म अाईपुग्दा कालिकाेट जस्ताे बिकट जिल्लामा महिला दिदीबहिनीहरुकाे दैनिक तथा मासिक बचत नियमित गरि अाफ्नाे भविष्य उज्ज्वल बनाउन पछिल्लाे समय निकै लागि परेका छन्।

हिमचुली कृषि सहकारी संस्था लिमिटेड नरहरिनाथ सेवा कार्यालयमा जिल्लाकै सबैभन्दा धेरै बचत तथ ऋण दिन सक्ने सहकारी संस्थाकाे रुपमा जनमानसमा परिचित रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...