News Portal

हिमचुली कृषि सहकारीको साधारणसभा सम्पन्न

हिमाली संचार संवाददाता
६५५ पटक

खगेन्द्र बुढा-कालिकाेट – जिल्लाकाे नरहरिनाथ गाउँपालिका स्थित हिमचुली कृषि सहकारी संस्थाकाे ११ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ।

हिमचुली कृषि सहकारी संस्था कालिकाेटकाे अायाेजना र साे संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ, कालिकाेट अध्यक्ष काली बहादुर महताराकाे अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टकाे प्रमुख अातिथ्यता, विभिन्न राजनीतिक दलका नेता, पत्रकार र संस्थाका सेयर सदस्यहरुकाे सहभागितामा बार्षिक साधारण सभा सम्पन्न भएकाे हाे।

हिमचुली कृषि सहकारी संस्था शाखा कार्यालय कुमालगाँउका प्रवन्धक मनिका बाेहाेराले प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएकाे थियाे।

कार्यक्रमका प्रमुख अतिथि बिष्टले कुनै पनि समाज तथा सरकार चल्नलाई सहकारीकाे मुख्य भुमिका रहने हुँदा सहकारीलाई तिनवटै सरकारले अार्थिक भाैतिक तथा नैतिक रुपमा सहयाेग गर्न सकेमा मात्र जनताकाे
जीवनशैलीमा परिवर्तन हुने कुरामा अाफु विश्वस्त भएकाे बताउनुभयाे ।

बढी बचतकर्ता, सेयरधनीहरुकाे जमघट भएकाे याे संस्थामा झण्डै १० हजार सदस्यहरु अाबद्द रहेका छन्।

जिल्लाका नाै वटै स्थानीय तहहरुमा शाखा स्थापनाकाे ११ अाै साधारण सभा सम्म अाईपुग्दा कालिकाेट जस्ताे बिकट जिल्लामा महिला दिदीबहिनीहरुकाे दैनिक तथा मासिक बचत नियमित गरि अाफ्नाे भविष्य उज्ज्वल बनाउन पछिल्लाे समय निकै लागि परेका छन्।

हिमचुली कृषि सहकारी संस्था लिमिटेड नरहरिनाथ सेवा कार्यालयमा जिल्लाकै सबैभन्दा धेरै बचत तथ ऋण दिन सक्ने सहकारी संस्थाकाे रुपमा जनमानसमा परिचित रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...