News Portal

कांग्रेस जिल्ला सभापति कुट्ने वडाध्यक्ष सुमन मल्ललाई उन्मुक्ति

हिमाली संचार संवाददाता
६८६ पटक

कार्तिक १, २०७६ नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्ने गरी सीतापुर घटनाका मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै कांग्रेसले आक्रोश जनाएको छ।

नेपाली कांग्रेस बाँकेले बिहीबार विज्ञप्ति जारी गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सभापति कोइरालाको हात भाँच्नेलाई कारबाही नगरेको भन्दै विरोध जनाएको छ।

सीतापुर घटनामा घाइते भएकी कोइरालाका छोरा एवम् नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य शुधांशु कोइरालाले खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्ललाई मुख्य दोषी भनेर किटान गरी मल्लसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुदा दर्ता गरेका थिए।

बाँके प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्ष मल्लविरुद्धको मुद्धा दर्ता नै नगरी उन्मुक्ति दिएपछि कांग्रेसले आक्रोश पोखेको हो। नेपाली कांग्रेस बाँकेले जिल्ला प्रहरी कार्यालय बाँकेले फितलो अनुसन्धान गरेर मुख्य दोषीलाई छुट्कारा दिएको आरोप लगाएको छ।

सचिव कपिलदेव शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय बाँकेले कम्युनिष्ट सरकारको दवावको कारण फितलो अनुसन्धान गरी मुख्य दोषीलाई उन्मुक्ति दिने उद्देश्यले दर्ता गरेको जाहेरीको १ नम्वरमा नाम रहेका अन्यायी सुमन मल्लको नाम जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रमाणको अभावमा मुद्दा चलाउन नसक्ने भनी प्रहरी प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलेमतोमा मुख्य दोषीलाई छुटकारा दिई अन्य व्यक्तिहरूलाई मात्र मुद्दा चलाएकोप्रति हाम्रो घोर आपत्ति छ।

राजनीतिक दवाव र घटनाको सत्यतथ्य जाँच नगरी एकतर्फीरुपमा सत्ताको दुरुपयोग गर्दै बाँके प्रहरी प्रमुखले पार्टी सभापति लगायत अन्य नेतालाई अभद्ररुपले फोनमार्फत धम्क्याउने कोशिस गर्नु, सत्ताको आडमा जथाभावी गर्नु, मुख्य दोषीलाइ मुद्दा नचलाउनु, फितलो अनुसन्धान गर्नु, पीडितलाई न्याय नदिनु जस्ता घृणित कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेस बाँकेले मुख्य दोषीलाई कार्वाही र पीडितलाई न्यायका लागि सम्वन्धित सरोकारवाला निकाय र नेपाल सरकारसँग माग गरेको छ। आफ्नो मागको सुनुवाई नभए पुनः आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने नेपाली कांग्रेस बाँकेले चेतावनी दिएको छ।

भदौ २६ गते खजुरा गाँउपालिका वडा नम्बर २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत्को दोस्रो चरणको कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थानीयस्तरका नेता तथा खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतले सभापति कोइरालाको हात भाँच्चिने गरी आक्रमण गरेको कांग्रेसको आरोप छ।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...