News Portal

सल्यानमा बालबिवाह गरेको आरोपमा ७ जना पक्राउ

हिमाली संचार संवाददाता
४६५ पटक

इन्द्र बुढाथोकी/असोज २९, २०७६ सल्यान : सल्यानमा बाल विवाह गर्ने र गराउने पण्डित सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ५ जामुनेप फल्ले पानीमा बालविवाह भएर टिका टालो गर्दैगर्दा गोप्य सुचनाका आधारमा १५ बर्षिय बेहुला र १४ बर्ष कै बेहुलीलाई आइतबार दिउसो ईलाका प्रहरी कार्यलय लुहामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

यस्तै बालविवाह गराउने ५५ बर्षिय बेहुलाका बुवा, ५० बर्षिया आमा पक्राउ परेका छन। यस्तै बेहुलीका ५६ बर्षका बुवा, ४२ बर्षिया आमा र पण्डित त्रिबेणी गाउँपालीका वडा नम्बर ५ टुनिबोट बस्ने ४८ बर्षिय हरी प्रसाद गौतम सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।

उमेर नपुगी उनिहरु बिच विवाह भएको भन्ने गोप्य सुचनाका आधारमा आईतबार उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव निरक्षक उमाकान्त जोसिले बताउनु भयो।

उनि जिल्ला अदालत सल्यानबाट ७ दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

नेपालको संविधान अनुसार बालविवाह गर्ने गराउने कार्यमा दोषि ठहरिए ३ वर्षको कैद र ३० हजार जरिवानाको सजाय रहेको छ। दुई वर्षको अवधीमा ६ बालबिबाह रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गत हप्ता मात्रै बालविवाह गरेको आरोपमा सिद्ध कुमाख गाउँपालिकाबाट ७ जना पक्राउ परेका थिए भने फेरी यो पटक पनि कपुरकोट गाउँपालिकाबाट सातै जना पक्राउ परेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...