News Portal

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

हिमाली संचार संवाददाता
५७३ पटक

टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ ।

खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् ।  उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ  ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् । आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् ।  जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करीब ३१,००० जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ ।

आँधी कम भएपनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए । जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट रेल माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् ।  हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सवैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...