News Portal

  • सांसद मोहम्मद अफताब आलम पक्राउ

    हिमाली संचार संवाददाता
    ४१२ पटक

    शिव पुरी/मातृका दाहाल
    २६ आश्विन २०७६ रौतहट : नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ।

    २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ।

    संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए। प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

    २०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो।

    २०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चालाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो। सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुन: सर्वोच्चमा निवदेन दिएका थिए।

    आलमलाईपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन्। एसपी खत्रीले सर्वोच्चको आदेश अनुसार आरोपीलाई पक्राउ गरेर थुनामा राखिएको बताए। ‘आदेश पालना नगर्दा मानहानी हुने देखेर आजै हामीले आलमलाई पक्राउ गरेका हौं। आज सार्वजनिक बिदा परेकाले भोली म्याद थपका लागि अदालत उपस्थित गराइन्छ,’ उनले भने।

    आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५...

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...