News Portal

अभिनेत्री अमिषा पटेललाई पक्राउपुर्जी

हिमाली संचार संवाददाता
६९४ पटक

एजेन्सी : बलिउड अभिनेत्री अमिषा पटेल अब समस्यामा परेकी छिन्। उनले ठगी गरेको आरोपमा परेको मुद्दामा अदालतले उनको विपक्षमा फैसला गरेको छ। उनले पैसा लिएर चेक दिएको तर चेक बाउन्स भएको मुद्दा परेको थियो।

अदालतले उनीविरुद्ध पक्राउ पुर्जी दिएको छ। अब भारतीय प्रहरीले उनलाई पक्राउ गर्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

यसका लागि राँचीको प्रहरी मुम्बई पनि पुगिसकेको छ। अब जमानतका लागि अमिषालाई भारतीय अदालतमा पुग्नुपर्ने हुनसक्छ।

अमिषालाई अजय सिंहले आफूले दिएको पैसा फिर्ता नगरेको आरोप लगाएका हुन्। अजयले एउटा फिल्म बनाउनका लागि अमिषालाई साढेँ दुई करोड दिएका थिए तर, यो फिल्म नबन्ने भयो।

उनले अमिषासँग पैसा फिर्ता मागे। अमिषाले पैसा फिर्ता माग्दा चेक दिएको तर ती चेक नसाटिएको उजुरी अजयले प्रहरीमा दिएका थिए।

अमिषाले आफ्ना कुरा राख्न अदालतमा पनि नगएकाले उनी समस्यामा पर्ने जनाईएको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...