आज : २०२६-०६-०८, सोमबार

गजल

दिपक आचार्य “जलन”

भित्री गुण थाहा छैन बाहिर रूपवती चाहिन्छ
अचेल त हरेकलाई राम्री श्रीमती चाहिन्छ

कृतिम सुन्दरताले गजबको मोहनी लगाएछ
नसोध्नु सिङार पटारमा खर्च कति चाहिन्छ

तिम्रो मायाले मात्र घर चल्दैन जिन्दगी चल्दैन
जिन्दगी चलाउन त आखिर सम्पत्ती चाहिन्छ

म आँसुमा स्नान गरुला पिरमा मुस्कुराउला
यो जिन्दगीबाट लैजाउ खुसी जति चाहिन्छ

तिमी कतिसम्म अँध्यारोमा बस्न सकौली र
एकदिन यहि दिपक चाहिन्छ कि बत्ती चाहिन्छ
।।

बर्दिया, नेपाल
हाल : साउदी अरब