News Portal

  • बालप्रतिभा केहेरसिंह लिम्बूलाई आर्थिक सहयोग प्रदान     

    हिमाली संचार संवाददाता
    ४५१ पटक

    काठमाडौं,-तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

    धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजका सम्पूर्ण सदस्यहरूले जुटाएको रकम प्रदान गरिएको हो ।

    तेह्रथुमका प्रतिभाको प्रोत्साहनको लागि प्रदान गरिएको कार्यक्रममा बालप्रतिभा केहेरसिंहका बुबा निरबहादुर थेगुवा तथा तुम्बा उपस्थित थिए । साथै गीतकार मीना सिंगक, कलाकार रेखा फागो, सिंगक समाज धरानका अध्यक्ष दिनेश सिंगकको पनि उपस्थित थियो ।

    सहयोग पाएपछि उत्साहित बनेका गायक केहरसिंह लिम्बुले संस्था र पदाधिकारीहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो सहयोगले अत्यन्तै ठुलो सहयोग र ऊर्जा मिलेको छ ।’

    केहरसिंह लिम्बु तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पर्ने जिरिखिम्ती बजारका बालगायक हुन् । उनी चर्चित युट्युबर भाग्य न्यौपानेले पहिलोपटक युट्युबमार्फत सार्वजनिक गरेका थिए । लिम्बू पछिल्लो समयमा धेरै कार्यक्रमहरू तथा अन्तर्वार्ताहरूमा व्यस्त बन्न थालेका छन् ।

    गीतकार मीना सिङ्गक गायक केहरसिंहले राम्रो सङ्गीतको ज्ञान समयमै पाएमा झन् उचाई प्राप्त गर्न सक्ने भन्दै सहयोग आएको बताइन । उनले भनिन्, ‘चिनिएको प्रतिभालाई सबैले सकेको हौसला दिनुपर्छ । तेह्रथुम युके समाजले दिएको छ । अरूले पनि सकेको सहयोग गरेमा केहरसिंहलाई साङ्गीतिक क्षेत्रमा धेरै ऊर्जा प्राप्त हुनेछ । जसको फाइदा नेपाली साङ्गीतिक क्षेत्रले लिन सक्छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...