News Portal

बालप्रतिभा केहेरसिंह लिम्बूलाई आर्थिक सहयोग प्रदान     

हिमाली संचार संवाददाता
४८८ पटक

काठमाडौं,-तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजका सम्पूर्ण सदस्यहरूले जुटाएको रकम प्रदान गरिएको हो ।

तेह्रथुमका प्रतिभाको प्रोत्साहनको लागि प्रदान गरिएको कार्यक्रममा बालप्रतिभा केहेरसिंहका बुबा निरबहादुर थेगुवा तथा तुम्बा उपस्थित थिए । साथै गीतकार मीना सिंगक, कलाकार रेखा फागो, सिंगक समाज धरानका अध्यक्ष दिनेश सिंगकको पनि उपस्थित थियो ।

सहयोग पाएपछि उत्साहित बनेका गायक केहरसिंह लिम्बुले संस्था र पदाधिकारीहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो सहयोगले अत्यन्तै ठुलो सहयोग र ऊर्जा मिलेको छ ।’

केहरसिंह लिम्बु तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पर्ने जिरिखिम्ती बजारका बालगायक हुन् । उनी चर्चित युट्युबर भाग्य न्यौपानेले पहिलोपटक युट्युबमार्फत सार्वजनिक गरेका थिए । लिम्बू पछिल्लो समयमा धेरै कार्यक्रमहरू तथा अन्तर्वार्ताहरूमा व्यस्त बन्न थालेका छन् ।

गीतकार मीना सिङ्गक गायक केहरसिंहले राम्रो सङ्गीतको ज्ञान समयमै पाएमा झन् उचाई प्राप्त गर्न सक्ने भन्दै सहयोग आएको बताइन । उनले भनिन्, ‘चिनिएको प्रतिभालाई सबैले सकेको हौसला दिनुपर्छ । तेह्रथुम युके समाजले दिएको छ । अरूले पनि सकेको सहयोग गरेमा केहरसिंहलाई साङ्गीतिक क्षेत्रमा धेरै ऊर्जा प्राप्त हुनेछ । जसको फाइदा नेपाली साङ्गीतिक क्षेत्रले लिन सक्छ ।’

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...