News Portal

धनुषामा प्रहरी हवल्दारले नै दुई बालकलाई अपहरण गर्न खोजेपछि..

हिमाली संचार संवाददाता
५५७ पटक

२३ असोज २०७६ जनकपुर : धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई (अपहरण) हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछि स्थानीयवासीआक्रोशित बनेका छन्।

मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर  मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएका भन्दै आक्रोशित भएका हुन्।

हवल्दार ठाकुरले बिजय र ११ वर्षीय राजकुमार मण्डललाई हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको स्थानीयबासीको आरोप छ।

आक्रोशित स्थानियवासीले प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन्।

भीड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए।

उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा जिम्मा लगाइएको छ।

पीडित दुई जनालाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए। बिजयले आफुलाई ठाकुरले थप्पडै थप्पडले हिर्काएको र हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताएका थिए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...