News Portal

  • सामुदायिक विद्यालयका कर्मचारीहरुले रंगेली नगरपालिकामा बुझाए ज्ञापनपत्र

    हिमाली संचार संवाददाता
    ७०२ पटक

    साउन ३१ बिहीबार।
    रबिन्द्र बराल, रंगेली – माेरङकाे रंगेली नगरपालिका भित्रमा रहेका सामुदायिक विद्यालयका कर्मचारीहरुले बिहिवार रंगेली नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्यसमिती रंगेलीले बिहीबार नगरपालिकाका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीलाई उनिहरुले ज्ञापनपत्र बुझाएका हुन ।

    देश भरका सामुदायिक विद्यालयमा अस्थाइ नियुक्ती लिएर कार्यरत कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषद आफ्ना विभिन्न मागहरु सहित लामो समय देखि आन्दोलनरत छ। आन्दोलन कै क्रममा रहेको विद्यालय कर्मचारी परिषद नगर कार्यसमिति रंगेलीले अधिकृत लक्ष्मीप्रसाद रेग्मीलाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत समितिले पेश गरेको ज्ञापनपत्रमा स्थानिय स्तरका मागहरू समावेश गरि स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष मनाेज कुमार साहले ज्ञापनपत्र पढेर सुनाएका थिए । अहिले विद्यालय कर्मचारीहरुकाे न्युनतम तलव कार्यालय सहयोगीलाई मासिक २ हजार रुपैया,४ हजार रुपैयाँ ४ हजार ५ सय रुपैयाँ ,७ हजार ५ सय रुपैयाँ र सहायक कर्मचारीलाई ११ हजार ५ सय रुपैयाँका दरले सरकारले दिएता पनि कर्मचारीका परिवारहरु पाल्नका अत्यधिक समस्या परेको पिडित उमेश मंन्डलले बताए ।

    सरकारले विद्यालय कर्मचारीहरुलाई अपहेलना गरेको पाईएकाे छ । नेपाल बिधालय कर्मचारी परिषदले कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणी विहिन कर्मचारीले पाउने सेवा सुबिधाको व्यवस्था, कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षक र लेखापाललाई निम्न माध्यमिक तहका शिक्षक सरहको सेवा सुबिधाको व्यवस्था गरिनुपर्ने लगाएतका मागहरु अघि सारेको छ।

    त्यसै गरि शिक्षा ऐनको नवौँ संसोधन कर्मचारी हित बिपरित रहेको भन्दै शिक्षा ऐनको संसोधनको माग पनि परिषदले गरेको छ ।रंगेली नगरपालिका भित्र रहेका २९ सामुदायिक बिधालयका ४३ जना कर्मचारीहरु कर्मचारी परिषदको नगर कार्यसमितिमा आवद्ध छन । रंगेली नगरपालिका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीले विद्यालय कर्मचारीहरुकाे माग प्रति नगरपालिकाले गर्नुपर्ने काममा सदैब तत्पर रहने समेत बताए ।

    त्यसैगरी आफ्ना मागहरु प्रती सरकार सकारात्मक नभए भाद्र ३ र ४ गते देशभरीका सामुदायिक विद्यालय बन्द गर्ने र भाद्र ७ गते राजधानी केन्द्रीत शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...