News Portal

सामुदायिक विद्यालयका कर्मचारीहरुले रंगेली नगरपालिकामा बुझाए ज्ञापनपत्र

हिमाली संचार संवाददाता
७८६ पटक

साउन ३१ बिहीबार।
रबिन्द्र बराल, रंगेली – माेरङकाे रंगेली नगरपालिका भित्रमा रहेका सामुदायिक विद्यालयका कर्मचारीहरुले बिहिवार रंगेली नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्यसमिती रंगेलीले बिहीबार नगरपालिकाका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीलाई उनिहरुले ज्ञापनपत्र बुझाएका हुन ।

देश भरका सामुदायिक विद्यालयमा अस्थाइ नियुक्ती लिएर कार्यरत कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषद आफ्ना विभिन्न मागहरु सहित लामो समय देखि आन्दोलनरत छ। आन्दोलन कै क्रममा रहेको विद्यालय कर्मचारी परिषद नगर कार्यसमिति रंगेलीले अधिकृत लक्ष्मीप्रसाद रेग्मीलाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन ।

आन्दोलनका कार्यक्रम अन्तर्गत समितिले पेश गरेको ज्ञापनपत्रमा स्थानिय स्तरका मागहरू समावेश गरि स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष मनाेज कुमार साहले ज्ञापनपत्र पढेर सुनाएका थिए । अहिले विद्यालय कर्मचारीहरुकाे न्युनतम तलव कार्यालय सहयोगीलाई मासिक २ हजार रुपैया,४ हजार रुपैयाँ ४ हजार ५ सय रुपैयाँ ,७ हजार ५ सय रुपैयाँ र सहायक कर्मचारीलाई ११ हजार ५ सय रुपैयाँका दरले सरकारले दिएता पनि कर्मचारीका परिवारहरु पाल्नका अत्यधिक समस्या परेको पिडित उमेश मंन्डलले बताए ।

सरकारले विद्यालय कर्मचारीहरुलाई अपहेलना गरेको पाईएकाे छ । नेपाल बिधालय कर्मचारी परिषदले कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणी विहिन कर्मचारीले पाउने सेवा सुबिधाको व्यवस्था, कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षक र लेखापाललाई निम्न माध्यमिक तहका शिक्षक सरहको सेवा सुबिधाको व्यवस्था गरिनुपर्ने लगाएतका मागहरु अघि सारेको छ।

त्यसै गरि शिक्षा ऐनको नवौँ संसोधन कर्मचारी हित बिपरित रहेको भन्दै शिक्षा ऐनको संसोधनको माग पनि परिषदले गरेको छ ।रंगेली नगरपालिका भित्र रहेका २९ सामुदायिक बिधालयका ४३ जना कर्मचारीहरु कर्मचारी परिषदको नगर कार्यसमितिमा आवद्ध छन । रंगेली नगरपालिका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीले विद्यालय कर्मचारीहरुकाे माग प्रति नगरपालिकाले गर्नुपर्ने काममा सदैब तत्पर रहने समेत बताए ।

त्यसैगरी आफ्ना मागहरु प्रती सरकार सकारात्मक नभए भाद्र ३ र ४ गते देशभरीका सामुदायिक विद्यालय बन्द गर्ने र भाद्र ७ गते राजधानी केन्द्रीत शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...