News Portal

ब्रजेश प्याकुरेल जसले महरालाई पक्राउ गर्न आदेश दिए

हिमाली संचार संवाददाता
७१३ पटक

१९ असोज २०७६ काठमाडौं : बिजया दशमीको बिदाका कारण केही दिनदेखी नेपालका सम्पुर्ण अदालत बन्द छन्। बन्दि प्रत्यक्षिकरण सम्बन्धि मुद्दाको सुनुवाइ र पक्राउ पुर्जी जारी गर्ने सम्बन्धमा निर्णय गर्न अदालतले बिदाको दिनपनि सेवा दिदै आएको छ।

गतबर्ष देखि लागू भएको मुलुकी फौजदारी संहितामा अपराध अनुसन्धान गर्ने निकायले सम्बन्धित न्यायीक निकायबाट अभियुक्त पक्राउ गर्दा अदालतको अनुमति लिनुपर्ने ब्यबस्था गरेको छ। सोही ब्यबस्था अनुसार अदालतहरुले बिदाको दिनपनि उक्त डेस्कबाट सेवा दिदै आएका छन्।

यद्यपि अपराध अनुसन्धान गर्ने निकायले कुनै अभियुक्त तत्काल पक्राउ गर्नुपर्ने अवस्थामा जरुरी पक्राउ पुर्जी दिएर अभियुक्तलाई नियन्त्रणमा लिने गर्छन्। जुन प्रावधान मुलुकी फौजदारी संहितामा उल्लेख छ।

गएको १२ गते साँझ संघीय संसदका सभामुख कृष्णबहादुर महराले काठमाडौंको तिनकुने सुविधानगरमा रहेको आफ्नो डेरामा आएर आफुलाई बलात्कारको प्रयास गरेको भन्दै संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले असोज १७ गते शुक्रवार महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा किटानी जाहेरी दिईन।

बलात्कार जस्तो गम्भीर अपराधमा मुछिएपछी पार्टीको निर्देशन बमोजिम महराले असोज १४ गते मंगलबार अपरान्ह नैतिकताको कारण देखाउदै सभामुख पदबाट राजिनामा दिइसकेका थिए।

घटनाको दोश्रोदिन विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले महरालाई प्रतिनिधिसभा सदस्य र सांसद पदबाट राजिनामा दिन सुझाव दिएका थिए। तर महराले तत्काल सभामुख पदबाट राजिनामा दिएपनी प्रतिनिधि सभा सदस्य पदबाट भने राजिनामा दिएका थिएनन्।

गत शुक्रबार जाहेरी प्राप्त भएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पीडित महिला (रोशनी शाही) को स्वास्थ्य परिक्षण गरेर मुद्दाको प्रक्रियालाई अगाडी बढाइसकेको थियो।

जाहेरी प्राप्त भएपछी तत्काल जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्ने बिषयमा पनि छलफल भएको थियो, सरकारी वकिलसंग परामर्श गर्दा अदालतबाटै अनुमति लिएर पक्राउ गर्दा उपयुक्त हुने निचोड निस्केपछि सोहिअनुसार गरिएको हो। अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

निवर्तमान सभामुख महरालाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने रणनीति तय भएपछि महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरले पक्राउ अनुमतिको लागि आइतबार (असोज १९ गते) करिब ११ बजे काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गर्यो।

अदालतमा पक्राउ अनुमतिको कार्यसम्पादन गर्ने डेस्कले उक्त मिसिल जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा पेश गर्‍यो। न्यायाधीश प्याकुरेलको दशै टिका नभएको भन्दै काठमाडौं जिल्ला अदालतले उनलाई बिदाभर अत्यावश्यक सुनुवाइको काम गर्न इजलास तोकेको थियो।

निवर्तमान सभामुख तथा बहालवाला सांसदको हैसियतमा रहेका महराविरुद्ध प्रहरीले ‘जबर्जस्ती करणी उद्योग मुद्दा’ मा पक्राउ आदेश माग गर्दै पेश गरेको मिसिल संलग्न जाहेरी र सबुत प्रमाणको गम्भीर अध्ययनपछि न्यायाधीश प्याकुरेलको इजलासले अपरान्ह करिब साढे ३ बजे महरालाई पक्राउ गर्न अनुमति दियो।

अदालतको पक्राउ आदेशबमोजिम प्रहरीले महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट आइतबार साँझ पक्राउ गरेर महानगरीय प्रहरी बृत्त सिंहदरबारको न्यायीक हिरासतमा राखेको छ।

महरालाई पक्राउ गर्न आदेश दिने न्यायाधीश प्याकुरेल गत साउनदेखि काठमाडौं जिल्ला अदालतको जिल्ला न्यायाधीसको भुमिकामा छन्। उनी यसअगाडी महोत्तरी जिल्ला अदालतको जिल्ला न्यायाधीश थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...