News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसान हुँदै काठमाडौँ : आज सबैभन्दा बढी तीन लाख ४५ हजार यात्रु बाहिरिए

    हिमाली संचार संवाददाता
    ३७३ पटक

    काठमाडौँ – दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ ।  उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए ।  सवारी कम भएकाले आज दिउँसो कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।

    कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।  सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए ।  प्रहरीका अनुसार आइतबार अष्टमीदेखि भने काठमाडौँको सवारी र मानवीय चहलपहल थप सुनसान हुनेछ । आजदेखि सार्वजनिक बिदा भएकाले आज धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएका छन् ।

    महाशाखाले दिएको तथ्याङ्कअनुसार आज मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । दशैँ मनाउन आज सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ । यसअघि शुक्रबार र शनिबार क्रमश दुई लाख १५ हजार र दुई लाख ४० हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । प्रहरीका अनुसार अहिलेसम्म राजधानीबाट दशैँ मान्नका लागि करीब २० लाख मानिस बाहिरिएका छन् ।

    असोजको दोस्रो साता यातायातका साधन बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडकको यातायत आवागमनमा केही दिन समस्या देखिएपछि तत्काल समाधान गरी यातायात सहज बनाइएको र अन्य क्षेत्रमा यसपालि ठूलो समस्या नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

    पोखरेलले यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको जानकारी दिए । उनका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरका आठ हजार ५०० स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले निगरानी बढाउँदाबढाउँदै पनि यातायातमा भने तोकिएभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको थियोे । तर प्रहरीले निगरानी बढाएकाले विगतमा जस्तो समस्या नदेखिएको भन्दै प्रवक्ता पोखरेलले अहिलेसम्म भाडा बढी लिने ३५० गाडीलाई कारवाही गरिएको जानकारी दिए ।

    प्रहरीले उपत्यकाबाट घर छाड्नेलाई छिमेकी तथा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई÷तीन सयले मौखिकरुपमा घर छाडेको जानकारी दिएकाले सो क्षेत्रमा प्रहरीको मोबाइल गस्तीमार्फत निगरानी भइरहेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

    उपत्यकाको सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको  र बसपार्क तथा विभिन्न नाकाका १५ स्थानमा विशेष जाँच भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

    ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयंसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । यसपटक झण्डै ५०० स्वयंसेवक उपत्यकामा ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।

    प्रहरीले यही असोज ५ गतेदेखि चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको थियो । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमकै कारण यसपटक शान्ति सुरक्षा सवल भएको जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...

    सुनको मूल्यमा वृद्धि चाँदी स्थिर

    काठमाडौं, जेठ ५ – नेपाली बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार...