News Portal

इराकमा सरकारविरुद्ध प्रदर्शन, ६० जनाको मृत्यु

हिमाली संचार संवाददाता
६११ पटक

इराक : इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा चार दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ। करिब २ सय जना घाइते छन्। इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

सरकारविरोधी प्रदर्शन हिंसात्मक बनेको छ। मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको बीबीसीले जनाएको छ। सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगदादमा चार जनालाई गोली हानेर मारेको र मारिनेमा दुई जना प्रहरी अधिकारी पनि रहेको जनाएको छ।

यसैबीच प्रधानमन्त्री अदेल अब्देल महदीले भने शान्तिको अपिल गरेका छन्। उनले गरिब परिवारलाई सहयोग गर्न हरसम्भव कोसिस गरिरहेको जनाएका छन्। कुनै पनि समस्याको समाधान जादूको छडीजस्तो हुँदैन भन्दै उनले जनतालाई संयमित हुन र शान्ति कायम राख्न अपिल गरेका छन्।

प्रधानमन्त्रीले संयमित हुन भने पनि इराकमा विरोध प्रदर्शन रोकिएको छैन। प्रदर्शन झन् चर्किंदै गएपछि राजधानी बगदादसहित धेरै स्थानमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। इन्टरनेट सेवा पनि बन्द गरिएको छ। शुक्रबार बगदादको तहरीर चोकसम्म पुग्ने कोसिस गरिरहेका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

यसैबीच इराकका एक वरिष्ठ शिया नेता अयातोल्लाह अली अल सिस्तानीले विरोध प्रदर्शनप्रति दुःख व्यक्त गरेका छन्। उनका प्रवक्ता अहमद अल सेफीले भनेका छन्- सरकार जनताका आशा अपेक्षा पूरा गर्न असफल भएको छ। प्रशासनले परिवर्तन अति आवश्यक छ भन्ने बुझ्नुपर्छ। यदि जनताले परिवर्तन चाहन्छ भने सरकारले त्यसलाई सुन्नुपर्छ।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...