News Portal

इराकमा सरकारविरुद्ध प्रदर्शन, ६० जनाको मृत्यु

हिमाली संचार संवाददाता
५५३ पटक

इराक : इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा चार दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ। करिब २ सय जना घाइते छन्। इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

सरकारविरोधी प्रदर्शन हिंसात्मक बनेको छ। मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको बीबीसीले जनाएको छ। सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगदादमा चार जनालाई गोली हानेर मारेको र मारिनेमा दुई जना प्रहरी अधिकारी पनि रहेको जनाएको छ।

यसैबीच प्रधानमन्त्री अदेल अब्देल महदीले भने शान्तिको अपिल गरेका छन्। उनले गरिब परिवारलाई सहयोग गर्न हरसम्भव कोसिस गरिरहेको जनाएका छन्। कुनै पनि समस्याको समाधान जादूको छडीजस्तो हुँदैन भन्दै उनले जनतालाई संयमित हुन र शान्ति कायम राख्न अपिल गरेका छन्।

प्रधानमन्त्रीले संयमित हुन भने पनि इराकमा विरोध प्रदर्शन रोकिएको छैन। प्रदर्शन झन् चर्किंदै गएपछि राजधानी बगदादसहित धेरै स्थानमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। इन्टरनेट सेवा पनि बन्द गरिएको छ। शुक्रबार बगदादको तहरीर चोकसम्म पुग्ने कोसिस गरिरहेका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

यसैबीच इराकका एक वरिष्ठ शिया नेता अयातोल्लाह अली अल सिस्तानीले विरोध प्रदर्शनप्रति दुःख व्यक्त गरेका छन्। उनका प्रवक्ता अहमद अल सेफीले भनेका छन्- सरकार जनताका आशा अपेक्षा पूरा गर्न असफल भएको छ। प्रशासनले परिवर्तन अति आवश्यक छ भन्ने बुझ्नुपर्छ। यदि जनताले परिवर्तन चाहन्छ भने सरकारले त्यसलाई सुन्नुपर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...