News Portal

तनहुँमा नेकपा कार्यकर्ताद्वारा कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास

हिमाली संचार संवाददाता
६४६ पटक

असोज १३ दमौली : तनहुँको रिसिङ गाउँपालिका भवन शिलान्यासका लागि गएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका छन्।

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नेता डा. रिजालमाथि आक्रमणको प्रयास गरेका हुन्।

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ।

बाह्रखरीसँगको कुराकानीमा नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन्। ४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए।

हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे,” उनले भने, “साथीहरुले जोगाउनुभयो। बचियो। प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिए।

नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता-कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन्।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको शिलान्यास कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो। गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ।

यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन शिलान्यासका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन्।

नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख छ।

“पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता-कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,” नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...