News Portal

उद्योग वाणिञ्य संघ इनरुवामा पनि काङ्ग्रेस उम्मेदवार नै बिजयी

हिमाली संचार संवाददाता
५१६ पटक

इनरुवा १२ असोज : उद्योग वाणिञ्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी भएका छन्। काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका शाहले समावेशी तर्फका उम्मेद्वार पञ्चदेव मेहतालाई १९ मतले पराजित गरेका छन्। शाह ५ सय ४९ मत ल्याई बिजयी बन्दा मेहता भने ५ सय ३० का साथ पराजित हुन पुगेका छन्।

त्यसैगरी उपाध्यक्षमा गिरीराज अटल बिजयी भएका छन्। अटल समावेशी प्यानलबाट चुनाव लडेका थिए। अटल ६ सय २० मत ल्याई बिजयी हुँदा बद्री स्वर्णकार पराजित भएका छन्। स्वर्णकारले ४ सय ५२ मत पाए।

सचिवमा लोकतान्त्रिक समूहबाटै रोशनकुमार खड्का ५ सय ६२ मतका साथ बिजयी भएका छन्। प्रतिष्पर्धी मनोज जैनले ५ सय १५ मत प्राप्त गरेका छन्।

त्यसैगरी सहसचिवमा समेत लोकतान्त्रिक समूह बिजयी भएको छ। लोकतान्त्रिक तर्फका उम्मेद्वार सुरेन्द्र साह ५ सय ५३ मतका साथ बिजयी हुँदा चन्दप्रसाद रिजाल पराजित भएका छन्। रिजालले ५ सय २३ मत पाएका छन्।

कोषाध्यक्षमा भने समावेशी समूहले बाजी मारेको छ। रमेश श्रेष्ठ ६ सय ४१ मतका साथ बिजयी हुँदा कृष्णदेव मेहता भने ४ सय ४० मत ल्याउँदै पराजित भएका छन्। परिणाम आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...