News Portal

उद्योग वाणिञ्य संघ इनरुवामा पनि काङ्ग्रेस उम्मेदवार नै बिजयी

हिमाली संचार संवाददाता
४७४ पटक

इनरुवा १२ असोज : उद्योग वाणिञ्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी भएका छन्। काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका शाहले समावेशी तर्फका उम्मेद्वार पञ्चदेव मेहतालाई १९ मतले पराजित गरेका छन्। शाह ५ सय ४९ मत ल्याई बिजयी बन्दा मेहता भने ५ सय ३० का साथ पराजित हुन पुगेका छन्।

त्यसैगरी उपाध्यक्षमा गिरीराज अटल बिजयी भएका छन्। अटल समावेशी प्यानलबाट चुनाव लडेका थिए। अटल ६ सय २० मत ल्याई बिजयी हुँदा बद्री स्वर्णकार पराजित भएका छन्। स्वर्णकारले ४ सय ५२ मत पाए।

सचिवमा लोकतान्त्रिक समूहबाटै रोशनकुमार खड्का ५ सय ६२ मतका साथ बिजयी भएका छन्। प्रतिष्पर्धी मनोज जैनले ५ सय १५ मत प्राप्त गरेका छन्।

त्यसैगरी सहसचिवमा समेत लोकतान्त्रिक समूह बिजयी भएको छ। लोकतान्त्रिक तर्फका उम्मेद्वार सुरेन्द्र साह ५ सय ५३ मतका साथ बिजयी हुँदा चन्दप्रसाद रिजाल पराजित भएका छन्। रिजालले ५ सय २३ मत पाएका छन्।

कोषाध्यक्षमा भने समावेशी समूहले बाजी मारेको छ। रमेश श्रेष्ठ ६ सय ४१ मतका साथ बिजयी हुँदा कृष्णदेव मेहता भने ४ सय ४० मत ल्याउँदै पराजित भएका छन्। परिणाम आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...