News Portal

एउटा धाराको महसुल १७ हजार भन्दा बढी तिर्नुपर्ने !

हिमाली संचार संवाददाता
६४८ पटक

१० असोज २०७६ उदयपुर : उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरससफाई आयोजनाका सामान्य उपभोक्ताले पानीकै महसुल १७ हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने भएको छ।

यतिमात्र नभई आयोजनाले पहिल्यै १४ हजारमा वितरण गरेको पूराना धारानै अहिले ४० हजारमा किनबेच भइरहेका छन्। कटारीमा एउटा सामान्य परिवारलाई पूरै घरपरिवारको घरखर्च धान्ने रकम बराबरको पानीकै महसुल आएपछि उपभोक्ताहरु अन्यौलमा छन्।

कटारी–३ का कैशल प्रसाद साहको पहिलो महिनाकै खानेपानीको महसुल १७ हजार ४ सय २ रुपैयाँ आएको छ। त्यसैगरी कटारी–३ कै रुक्मणि घिमिरेको नाममा रहेको बर्रेली होटल सञ्चालक पियुमति पुरीले सञ्चालन गर्दै आएको धाराको महसुल पनि १५ हजार २ सय ७४ रुपैयाँ आएको छ।

समितिले छाप र हस्ताक्षरबिनाको बिल उपभोक्ताहरुलाई दिंदै आएको छ । २८ सय ५० धाराको लक्ष्य रहेकोमा आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनी रहेका १ सय ८३ लाई निःशुल्क धारा वितरण गरेको छ।

आयोजनाले धारा जडानमै सिण्डिकेट गरेर ४ वर्ष पहिले प्रतिधारा १४ हजारका दरले रकम संकलन गरेर नम्बर लिएका धारा अहिले केही व्यक्तिले ४० हजार लिएर बेचेका छन्।

४ बर्ष पहिले केही व्यापारीले २५ वटा भन्दा बढी धाराको पैसा जम्मा गराएर राखेका थिए। यस्ता धाराको संख्या ५ सय ५० वटा छन्। त्यो समयमा पैसा संकलन गरेको धारा नम्बर जडान पूरा नभएसम्म नयाँ लिन नपाइने भएपछि नयाँ उपभोक्ता बाध्य भएर व्यापारीलाई चर्को पैसा तिरेर धारा जडान गर्न बाध्य छन्।

यी सबै विषय साधारणसभामा उठ्ने डरका कारण १ दशकदेखि आयोजनाको साधारण सभा नभएकोमा स्थानीय रुष्ट छन्।

नयाँ आयोजना भन्दा अघिल्लो सिन्कौले धारामा रहेका ३ सय उपभोक्ताहरुको धारा अहिले विस्थापित बनेका छन्। उक्त धाराहरुमा पनि प्रतिधारा ७ हजार रुपैया बिना हिसाब किताब गायब भएको उपभोक्ताहरुले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...