News Portal

दशैंमा मासुको अभाव नहुने, दैनिक कति चाहिन्छ खसी बोका

हिमाली संचार संवाददाता
३०७ पटक

काठमाडौं– यसवर्षको दशैं तिहारमा खसीबोकाको मासुको अभाव नहुने भएको छ । दशैंमा घटस्थापनादेखि नवमीसम्म खसी बोकाको अत्यधिक माग हुने समय हो । यो अवधिमा ४० हजार खसी बोकाको माग हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले जानकारी दिए ।

अन्य समयमा महिनामा ५० हजार खसी बोका खपत हुने गरेका छन  । यो माग ९५ प्रतिशत नेपाली उत्पादनले नै धान्ने गरेको छ । तर दशैमा भने १० दिनमै ४० हजार खसीबोकोको माग हुने गरेको उनको भनाइ छ ।
देशभर वार्षिक ३३ लाख खसीबोकाको माग हुन्छ  । जसमा २७ लाख उपत्यका बाहिर र ६ लाख  उपत्यकामा चाहिन्छ ।

पछिल्लो समय देश मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको र अर्को वर्षदेखि शतप्रतिशत माग स्वदेशकै उत्पादनले धान्ने उनले बताए । अहिले नपुग ५ प्रतिशत चीन र भारतबाट आयात हुन्छ । सुर्खेत, दाङ, लालबन्दी लगायतका ठाउँबाट पनि खसी बोका आपूर्ति गरिन्छ ।

विगत वर्षहरुको तथ्याङ्क  हेर्दा चाडबाडको दश दिनमा आवश्यक माग दैनिक ५ हजारमध्य २ हजार ५ सय खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको विभागका महानिर्देशक डा.शर्माले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रमुख चाड लक्षित पशुपछी तथा पशुजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना, २०७६ अनुसार, ‘हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघ मार्फत १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थानमार्फत २५००, खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्यांग्रा र स्थानीय व्यापारी मार्फत पोखराका लागि ५ हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना बनाई लागू गरिएको महानिर्देशक शर्माको भनाई छ ।

यता चौपाया खरिद बिक्री व्यवसायी संघका अध्यक्ष भानुभक्त ढकालले घटस्थापनादेखि खसीबोका ल्याउने बताए । यद्यपि, च्याङ्गा भने मुस्ताङबाट ल्याउन शुरु गरिसकेको उनको भनाइ छ । क्वारेन्टाइनका कारण भारतबाट खसीबोका ल्याउन कठिन भएको उनको भनाइ छ । उनी भने नेपाली उत्पादनले मात्र नधान्ने बताउँछन् ।

दशैंको मासुमा महंगी किन ?
दशैको बेला हरेक समान महंगिने गरेको छ । त्यसमा पनि मासुको मूल्य आकासिदा उपभोक्ताहरु महंगीको मारमा पर्छन् ।  चौपाया खरिद बिक्री व्यवसायी संघका अध्यक्ष भानुभक्त ढकाल अहिले किसानले नै महंगोमा बेच्न थालेकाले मासुको मूल्य महंगिएको बताउँछन् ।

तर विभागका महानिर्देशक शर्मा मूल्य बजारले नै निर्धारण गर्ने बताउँछन् । यद्यपि, यो समयमा मासुको अस्वभाविक मूल्य वृद्धि हुने उनी स्वीकाछर्न् ।  क्वारेन्टाइनको विषयलाई देखाउँदै भारतबाट खसीबोका आयात नभएको भन्दै मासुमा अचाक्ली मूल्य वृद्धि गर्न व्यवसायीहरु तम्सिएका छन् । तीनै व्यवसायीहरुले माग ज्यादा आपूर्ति कम हुँदा मूल्य बढेको बताउँदै चर्को नाफा कमाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...