आज : २०२६-०६-१५, सोमबार

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

७ असोज २०७६ काठमाडौं : पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सयुक्त हस्ताक्षरमा आज जारि गरिएको छ।

प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसर पारेर जारी गरिएको आचारसंहितामा मिडियालाई कालोसूचीमा राख्ने देखि समाचार बनाउदा सम्बन्धि ब्यक्तिको भनाइ राख्नुपर्ने कुरा समेत उल्लेख गरिएको नेपाल पत्रकार महासंघमा महासचिव रमेश बिष्टले जानकारी दिए।

उनले भने आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघसंगठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथी गहन छलफलपश्चात् आचारसंहिता तयारी पारिएको हो।