News Portal

कक्षा ११ को नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा

हिमाली संचार संवाददाता
३४९ पटक

काठमाडौँ — कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो। बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ। ‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकासम्मनतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...