News Portal

कक्षा ११ को नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा

हिमाली संचार संवाददाता
३२९ पटक

काठमाडौँ — कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो। बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ। ‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकासम्मनतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...