News Portal

रास्ट्रपतिपछि नवराज सिलवालले गरे कांग्रेस सभापति देउवाको मानमर्दन

हिमाली संचार संवाददाता
५४५ पटक

६ असोज २०७६ काठमाडौं : पूर्वएमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद नवराज सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरेर ट्वीट गरेका छन्।

नेपाली प्रहरीका पूर्वडिआइजी समेत रहेका सिलवालले देउवालाई राजनीति गर्न पाठ सिकाउन खोजेका छन्। त्यति मात्रै होइन सिलवालको ट्वीट तत्कालीन समयमा डिआइजी बन्न नपाएको अक्रोश देउवामाथि पोखेको चर्चा सामाजिक सञ्जालमा छ।

उनले भनेका छन्, ‘पुलिसमा राजनीति, अदालतमा राजनीति त पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नुभएका माननीयजी स्वयंले गर्नुभएको हो।`

‘सम्माननीय राष्ट्रपतिज्यूको अगाडि आवेश पोख्नुभन्दा हिजोका आफ्ना अकर्मण्ड्यताहरूबाट सार्वजनिक संस्थाहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिकालागि सार्वजनिक क्षमायाचना गर्नुस्’, नेकपाका सांसद सिलवालले ट्वीटमा भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवाको भाषण नबुझेको भनेर सार्वजनिक स्थानमै मजाक उडाएको विषयलाई बचाउ गर्दै नेकपाका सांसद एवम् पूर्व डिआइजी सिलवालले देउवालाई गाली गर्दै भण्डारीको बचाउ गरेका हुन्।

नेपाल प्रहरीको डिआइजी काण्डमा परेका सिलवाललाई खड्गप्रसाद ओलीले तत्कालीन एमालेमा प्रवेश गराएर टिकट दिएर सांसद बनाएका हुन्। त्यसबेला सिलवाल गृहमन्त्री बन्ने चर्चा थियो।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘अरिँगाल बनेर सरकारको बचाउ गर्नुस्, जाइलाग्नुस्’ भनेर दिएको निर्देशनलाई सिलवालले कार्यान्वयन गरेका छन्।

प्रहरीमा राजनीतिक हस्तक्षेप गरेका तत्कालिन गृहमन्त्रीहरू बामदेव गौतम, खड्गप्रसाद ओली, जनार्दशन शर्मालगायतहरूका विषयमा केही भनेका छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...