News Portal

रास्ट्रपतिपछि नवराज सिलवालले गरे कांग्रेस सभापति देउवाको मानमर्दन

हिमाली संचार संवाददाता
५८७ पटक

६ असोज २०७६ काठमाडौं : पूर्वएमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद नवराज सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरेर ट्वीट गरेका छन्।

नेपाली प्रहरीका पूर्वडिआइजी समेत रहेका सिलवालले देउवालाई राजनीति गर्न पाठ सिकाउन खोजेका छन्। त्यति मात्रै होइन सिलवालको ट्वीट तत्कालीन समयमा डिआइजी बन्न नपाएको अक्रोश देउवामाथि पोखेको चर्चा सामाजिक सञ्जालमा छ।

उनले भनेका छन्, ‘पुलिसमा राजनीति, अदालतमा राजनीति त पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नुभएका माननीयजी स्वयंले गर्नुभएको हो।`

‘सम्माननीय राष्ट्रपतिज्यूको अगाडि आवेश पोख्नुभन्दा हिजोका आफ्ना अकर्मण्ड्यताहरूबाट सार्वजनिक संस्थाहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिकालागि सार्वजनिक क्षमायाचना गर्नुस्’, नेकपाका सांसद सिलवालले ट्वीटमा भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवाको भाषण नबुझेको भनेर सार्वजनिक स्थानमै मजाक उडाएको विषयलाई बचाउ गर्दै नेकपाका सांसद एवम् पूर्व डिआइजी सिलवालले देउवालाई गाली गर्दै भण्डारीको बचाउ गरेका हुन्।

नेपाल प्रहरीको डिआइजी काण्डमा परेका सिलवाललाई खड्गप्रसाद ओलीले तत्कालीन एमालेमा प्रवेश गराएर टिकट दिएर सांसद बनाएका हुन्। त्यसबेला सिलवाल गृहमन्त्री बन्ने चर्चा थियो।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘अरिँगाल बनेर सरकारको बचाउ गर्नुस्, जाइलाग्नुस्’ भनेर दिएको निर्देशनलाई सिलवालले कार्यान्वयन गरेका छन्।

प्रहरीमा राजनीतिक हस्तक्षेप गरेका तत्कालिन गृहमन्त्रीहरू बामदेव गौतम, खड्गप्रसाद ओली, जनार्दशन शर्मालगायतहरूका विषयमा केही भनेका छैनन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...