News Portal

पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

हिमाली संचार संवाददाता
५६० पटक

६ असोज २०७६ चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ। चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिएको हो।

आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ।

साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो। उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो।

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...