News Portal

लामाडाँफे कन्ट्रसनद्वारा निर्माण गरेको नालामा कमसल ईट्टाकाे प्रयोग

हिमाली संचार संवाददाता
५७३ पटक

रबिन्द्र बराल, ५ असोज २०७६ मोरङ : रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत रंगेली ९ स्थित फर्सडागि चाेककाे दायाँ बायाँमा निर्माण भईरहेकाे नालामा कमशल ईट्टाकाे प्रयोग भएको पाईएकाे छ।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम भने सुरु गरिसकेता पनि उक्त स्थानमा नाला नबन्दा दुखि भएका स्थानीयले बारम्बार सम्बन्धित निकायलाई जानकारी गराएपछि कन्ट्रसनले उक्त स्थानमा नाला निर्माण गर्न सुरु गरेको छ।

निर्माण भईरहेकाे उक्त नाला बनाउन सबै भन्दा पहिले जग बसाल्नेे समयमा नै कमसल ईट्टाकाे प्रयोग गरेपछि उक्त नाला कहिले सम्म टिक्ला साेझै अनुमान लगाउन सकिन्छ। रंगेली कानेपोखरी सडक कालोपत्रे गर्न सुरु समेत गरिसकेको छ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो।

पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले २०७४ असार ६ गते कामको जिम्मा पाएको र २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काम भने सम्पन्न हुन सकेको छैन।

२५.४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लिएको थियो।

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...