News Portal

NRNA पोर्तुगलका उपाध्यक्ष बुढाथोकीबाट पत्रकारलाई ज्यान मार्ने धम्की,पत्रकार महासंघ युरोपद्वारा घोर भत्सर्ना

हिमाली संचार संवाददाता
८३४ पटक

लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ  ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त र छाडा शब्दहरु प्रयोग गरी पत्रकार पाण्डेेेयको जीवन मेटाइदिने धम्की दिएका हुन् ।

एनआरएनए पोर्तुगलको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पत्रकारलाई यस्तो धम्की र गालीगलौज गर्ने कार्यको नेपाल पत्रकार महासंघ युरोप शाखाले घोर भत्सर्ना गर्दै आपत्ति प्रकट गरेको छ । शाखाका अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालद्वारा संयुक्त रूपमा जारी बिज्ञप्तिमा भनिएको छ “समाचारमा असहमति भए कानुनीरूपमा उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु आपत्तिजनक र निन्दनीय छ, पत्रकार पान्डेयमाथि भविष्यमा हुनसक्ने कुनैपनि घटनाको जिम्मेवारी निज बुढाथोकीले लिनुपर्ने छ”, “ज्यान मार्ने धम्की जस्तो भत्सर्नानीय कार्य गर्ने बुढाथोकीलाई तत्काल एनआरएनए पोर्तुगलको उपाध्यक्षबाट निलम्बन गर्न” बक्तब्यमा जोडदार माग समेत गरिएको छ ।

यसैबीच पोर्तुगलका नेपाली पत्रकारहरुको साझा सोसियल क्लब नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले पत्रकार पाण्डेयलाई दिइएको ज्यान मार्ने धम्कीको घोर भत्सर्ना गर्दै चुनौतीको एकगठ भएर साझा रूपमा सामना गर्ने जनाएको छ ।

हेर्नूहोस्  पत्रकार महासंघको बक्तब्य:

कसरी दिए धम्की

गत अगस्ट १२ तारिख आइतबार राति करिब ९:३० बजेतिर पत्रकार पाण्डेयलाइ फोन गरी अत्यन्त अश्लिल भाषामा गाली गलौज र ज्यान मार्ने धम्की दिए,  प्राप्त ११ मिनेट लामो अडियो कुराकानीमा उनी लिखित मन्तव्य बाचन गरेजस्तो भटभट्भटाएका छन् । जीवन मेटाइदिने, माटोमा मिलाइदिने जस्ता शब्द प्रयोग गर्दै एकोहोरो रूपमा गाली र धम्की दिएका छन् भने पत्रकार पाण्डेय भने हजुर, हजुर भन्दै सौम्य रूपमा प्रस्तुत भएको देखिन्छ ।

लिस्बोनमा रेमिटेन्स ब्यबसायीको रूपमा चिनिएका बुढाथोकीले नेपालीहरुको पैसा नेपाल पठाउने नाममा ठूलो मात्रामा ठगी गरेको गुनासो र सिकायत पश्चात उनको बारेमा स्थानीय नेपाली अनलाइन पोर्टलहरुमा समाचारहरु प्रकाशित भएका थिए। तिनै समाचारहरुको बिषयलाई लिएर उनले पत्रकार मार्ने धम्की दिएका हुन् ।

यसबारेमा धम्की दिने निज कान्छाराम बुढाथोकीसंग कुरा गर्दा आफू आक्रोशमा आएर त्यस्ता शब्दहरु बोलेको स्वीकार गरे र  भने, हो मैले  पैसा चलाए,  बाध्यताले गल्ती गरे, अब पाँच जनाको तिर्न बाँकी छ ।

क-कस्को कति छ तिर्न बाँकी छ बुढाथोकीले :

१) स्याङ्जाका राजेन्द्र श्रेष्ठको २५०० युरो (५ नोभेम्बर २०१७ देखि)
२) म्याग्दीका राजु कार्कीको १००० युरो (१६ नोभेम्बर २०१७ देखि)
३) चितवनका कृष्ण बरालको ४०० युरो (फेब्रुअरी २०१८ देखि)
४) धादिङका दीपकचन्द्र भट्टको १५९५ युरो (२२ फेब्रुअरी २०१८ देखि)

यस सम्बन्धमा बुझ्न एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीसंग सम्पर्क गर्दा उनले भने, “उपाध्यक्ष निज बुढाथोकी महिनौंदेखि सम्पर्कमा नरहेका, उनका नीजि कारोबारको बारेमा एनआरएनए पोर्तुगलमा कुनै आधिकारिक जानकारी नआएको तर आम रूपमा समाजमा कुरा उठेपछि हामीले उपाध्यक्षबाट निलम्बन गरेको हो, त्यहाँदेखि उनी सम्पर्कमा छैनन् । पत्रकारलाई मात्र होइन, कसैले कसैलाई धाक धम्की दिनु र गुन्डागर्दी गर्नु गैर कानुनी हो, त्यो कानुनी कार्वाहीको बिषय बन्छ, एनआरएनए पोर्तुगलले पनि आफ्नो समितिको जो कोही होस्, यस्ता कानुन बिपरित काम गर्नेलाई कार्वाही गर्छ ।
युरोपनेपालीबाट

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...