News Portal

मेहनत अनुसार सन्पाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरास

हिमाली संचार संवाददाता
४८४ पटक

रबिन्द्र बराल
२ असाेज २०७६ माेरङ : मोरङकाे दक्षिणी क्षेत्रका कृषकहरु यसबेला सन्पाट (पटुवा) खेतिबाट मनग्य अाम्दानी नहुदा चिन्तित बनेेेेका छन। सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन्।

रंगेली नगरपालिकाका कृषक रमेश मन्डल भन्छन – अाफुले १० कठ्ठामा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन १६ सय रुपैया रहेकोमा यस बर्षभने २४ सय प्रतिमन रहेको उनले बताए ।

मजदुरहरुले समेत सन्पाट (पटुवा) काटन समेत नमान्ने गरेको र मजदुरलाई दैनिकी ज्याला ५ सय रुपैयाँ दिनुपर्ने र जन मजदुरहरु समेत गाउँघरमा कम मात्रामा पाईने हुनाले बढि समस्या परेको कृषकहरु बताउँछन्।

कृषकले भने १० कठ्ठामा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेला सम्म ३० हजार रुपैयाँ सम्म खर्च हुने गरेको तर अाम्दानी भने कम हुने गरेको उनीहरु बताउँछन्।

कसरी तयारी हुन्छ त सन्पाट ?

सनपाट काटेपछि साता दिनसम्म सनपाटकाे सबै पातहरु झार्नुपर्ने हुन्छ। त्यपछि त्यसलाई सानाेसानाे मुठ्ठी पारेर बान्ने गरेपछि त्यसलाई पानी जम्नेे पाेखरी, खाेला, खाेल्सिमा सनपाटलाई २५ दिन सम्ममा कुहाएर राख्नुपर्ने हुन्छ। त्यसपछि पानीको सहारामा सन्पाट निकाल्ने गरिन्छ।

त्यसपछि सनपाटलाई साता दिन सम्म घाममा सुकाएर सनपाट तयारी पार्ने गरिन्छ । यति धेरै मेहनत भएता पनि सरकारले किसानले उब्जाएकाे सामनहरुकाे उचित मुल्यांकन गर्ने नसकेकाे कृषक हरेरामा मंन्डलले बताए।

गत बर्ष यस क्षेत्रमा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएकोमा यस बर्ष भने ८ देखि १० प्रतिशत मात्रै जुट खेती मात्रै भएको छ। २०४१ साल तिर माेरङमा सबैभन्दा बढि जुट खेती हुने भएता पनि केहि बर्षदेखि सनपाट खेति भने न्यून हुन थालेको छ।

२०४१ साल तिर सन्पाटकाे समयमा भारतबाट मजदुरहरु माेरङकाे विभिन्न भागमा आएर तीन महिना घर भाडा गरेर उनिहरु सन्पाट खेति गर्ने र सन्पाट तयारी पारेर मात्रै भारत तिर जाने गरेको स्थानीय बुडापाकाहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...