News Portal

आज २०७६ साल असोज २ गते बिहीबार, इ.स. २०१९ सेप्टेम्बर १९ तारीख

हिमाली संचार संवाददाता
४६४ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

बृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावित छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन्।

मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थिति केही अनुकूल बन्नेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ।

तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
केही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

बृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्। रमाइलो व्यापारिक यात्रा हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ।

धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। दिउँसोदेखि वैधानिक प्रावधानले समस्या निम्त्याउनेछ। केही खर्च लागे पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। सामान्य ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ।

कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ। साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ।

मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्, ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...