News Portal

चाडपर्वलाई लक्षित गर्दै संयुक्त नागरिक साहायता कक्ष सुरु

हिमाली संचार संवाददाता
६१७ पटक

२०७६,असाेज १ बुधबार
रबिन्द्र बराल : माेरङकाे सिमाबर्ति क्षेत्रमा ६ स्थानमा नेपाल भारतकाे संयुक्तरूपमा मंगलबार देखि नागरिकहरुका लागि साहयता कक्ष सुरु भएको छ।

बिगत बर्ष झै यस बर्ष पनि नेपाल भारतकाे सिमानामा पर्ने रंगेली नगरपालिका ४ स्थित चाेप्राहा, रतुवामई नगरपालिका ८ स्थित बलडङ्ग बेश क्यापले भने अाफ्नाे महात्मा रहेको सुनवर्सि नगरपालिका ८ स्थितल सिक्टिमा राखिएको छ।

त्यसैगरी धनपालथान गाउँ पालिका नगरपालिका ३ स्थित मायाँगन्ज बेश क्याप, धनपालथान कै चाेना बेश क्याप, बिराटनगर महानगरपालिकाकाे वखरी बेश क्याप र जहदा गाउँपालिकाकाे भुटाहा बेश क्यापमा रहेका ससस्तत्र बेश क्याप नजिकै रहेको सिमाक्षेत्रमा संयुक्त नागरिक साहयता कक्ष राखिएको हाे।

नेपालीहरुकाे महान चाडपर्व नजिकिँदै जाँदा नेपाल भारत सिमानामा चाेरी, लुटपाट तथा अपराधिक क्रियाकलाप गर्ने समूहहरु बढन सक्ने भएको हुनाले उक्त क्रियाकलापका लागि नियन्त्रण तथा राेकथाम गर्ने उदेश्यले संयुक्तरूपमा हेल्पडेक्सकाे स्थापना गरिएको गडका गणपति नेत्र वहादुर कार्कीले बताए।

नेपाल तथा भारत तर्फ अावतजावत गर्ने सर्वसाधारणहरुलाई कुनै पनि स्थानमा चाेरी तथा लुटपाट गरि कुनै पनि ब्यक्ति चाेरि तथा लुटपाट गरेमा पिडित पक्षले प्रहरीलाई जानकारी गराए पछि प्रहरीहरुले संयुक्तरूपमा उनी हरुकाे खाेजिकार्य गरि पक्राउ गर्ने सजिलो हुने भएको हुनाले हेल्पडेक्स स्थापना गरिएको कार्कीले बताए।

साेहि क्रममा रंगेली ४ स्थित चाेप्राहामा नागरिक साहयाता कक्षकाे निरिक्षण तथा उद्धाटन गर्ने क्रममा ससस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेडक्वाटर कंकालिनि माेरङका गणपति नेत्र वहादुर कार्की, रंगेली नगरपालिका मेयर दिलिप बगडिया, ससस्त्र प्रहरी बिअाेपि रंगेलीका प्रमुख जितेन्द्र बस्नेत तथा भारत अररिया जिल्ला ५२ BLN का समकक्षीका SSB कमान्ड डेन्ट विरेन्द्र कुमार वर्माले संयुुक्त नागरिक साहयता कक्षकाे अवलम्बन समेत गरेका छन।

उक्त नागरिक साहयाता कक्षमा बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म नेपाल र भारतका प्रहरी बसेर दैनिकी अावतजावत गर्ने व्यक्तिहरुकाे अाएकाे र गएकाे सवारीसाधन तथा पैदल यात्रिहरुकाे जानकारी लिने गरेको ससस्त्र प्रहरीका गणपति कार्कीले बताए।

भिडियो रिपोर्ट :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...